एजेन्सि, असार २६ ।
लामो समय सरकारी सेना र विद्रोहीबीचको संघर्षमा रणभूमि बनेको इराकको मोसुल सहरलाई सरकारी सेनाले पूर्ण रुपमा नियन्त्रणमा लिएको छ ।
इराकका प्रधानमन्त्री हैदर अल अबादीले इस्लामिक स्टेट (आइएस)को नियन्त्रणबाट मोसुललाई मुक्त गराएकोमा इराकी सेनालाई बधाइ दिएका छन् ।
इराकको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै मोसुलको स्वतन्त्रता घोषणा गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री अबादी पनि मोसुल मै पुगेको जानकारी दिएको छ । अबादीले इस्लामिक स्टेटमाथि इराकी सेनाको जित भएको घोषणा पनि गर्नुभयो ।
इराकी सेनाले गत वर्ष अक्टोबर १७ देखि मोसुलमा इस्लामिक स्टेटविरुद्ध सैन्य अभियान केन्द्रीत गरेको थियो । इराकी सेनालाई अमेरिकी वायुसेनाले मद्दत गर्दै आएको थियो ।
मोसुल सहरलाई सन् २०१४ जुन महिनादेखि इस्लामिक स्टेटले नियन्त्रणमा लिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline





