अष्ट्रेलियाको सिड्नीमा मोटरसाइकल दुर्घटना, एक नेपालीको मृत्यु

अष्ट्रेलियाको सिड्नीमा मोटरसाइकल दुर्घटना, एक नेपालीको मृत्यु

  • सोमवार, असार २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

सिड्नी, असार २६ । अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी शुसन थापाको मंगलबार कामबाट घर फर्कने क्रममा  मोटरसाइल दुर्घटनामा परि मृत्यु भएको छ । उनी चढेको मोटरसाइकललाई ट्याक्सीले ठक्कर दिएको थियो । सिड्नीस्थित मेन्लीमा भएको उक्त मोटरर्साइकल दुर्घटनामा परि थापा गम्भीर घाइते भएका थिए ।

ट्याक्सीको ठक्कर लागेर सडकमा पछारिएका थापालाई पछाडीबाट आइरहेको भ्यानले चेपेको थियो । त्यसपछि उनलाई थप उपचारका लागि नजिकैको अस्पताल पुर्याइएको थियो । थापाको सोही अस्पतालमा उपचारका क्रममा शनिबार साँझ निधन भएपनि अस्पतालले भने आइतबार साँझ मात्रै औपचारिक घोषणा गरेको गायक समिर आचार्यले जानकारी दिए ।

सन् २०१४ मा स्नातक तह अध्ययनका लागि अष्ट्रेलिया आएका थापा हाल सिक्यु विश्वविद्यालयमा स्नातक तहमा आईटी अध्ययनरत थिए । थापाको शवलाई सिड्नीस्थित कोरोनरको कार्यलमा राखिएको छ ।उनको शवलाई नेपाल पठाउन रकम संकलन गर्न सुरु गरिसकिएको छ ।

उनको शव नेपाल पठाउन निम्न नम्बरमा सम्पर्क गर्न सकिने फेसबुकमार्फत सन्तोष तिवारीले जानकारी दिएका छन् । नरेश रेग्मीः ०४१५८९०९३३, सन्तोष भण्डारी ०४२६२२६१८२ सन्तोष केसी ०४१५६९७११६ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी