भारत र पाकिस्तानको सीमा क्षेत्र कस्मिरमा गोली हानाहान, सात जनाको ज्यान गयाे 

भारत र पाकिस्तानको सीमा क्षेत्र कस्मिरमा गोली हानाहान, सात जनाको ज्यान गयाे 

  • आइतवार, असार २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, असार २५ ।
भारत र पाकिस्तानको सीमा क्षेत्र कस्मिरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ ।
सीमा क्षेत्रमा भएको गोली हानाहानमा सात जनाको मृत्यु भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानको चिडी कोट सेक्टरमा भएको गोली हानाहानमा एक महिलासहित चार जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

यस्तै शनिबारै नकयाल सेक्टरमा भारतीय सेनाको गोली लागेर अर्की एक महिलाको पनि मृत्यु भएको छ ।

यस्तै पाकिस्तानी सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

एक वर्षअघि भारत प्रशासित काश्मिरमा हिज्जबुल मुजाहिदिनका कमाण्डर बुरहान बानीको प्रहरीको गोली लागेर ज्यान गएपछि काश्मिरमा तनाव भइरहेको छ ।

बानीको ज्यान गएको एक वर्ष पूरा भएकोमा काश्मिरमा हड्ताल भइरहेका बेला नियन्त्रण रेखामा गोली चलेको हो ।

काश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन् । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

शनिबार दिनभर काश्मिरका विभिन्न ठाउँमा प्रदर्शन तथा झडप भएका छन् । त्यसक्रममा धेरै घाइते भएका छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी