दार्जिलिङ , असार २४ ।
नेपाली भाषी भारतीय बहुल पश्चिम बंगालको दार्जि्लिङमा फेरि तनाव बढेको छ ।
सुरक्षाकर्मीको गोलीबाट दुई युवाको मृत्यु भएपछि दार्जि्लिङमा पुनः तनाव बढेको हो ।
सीआरपीएफको गोलीबाट दार्जि्लिङ सोनादामा शुक्रबार राति गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका युवा कार्यकर्ता स्थानीय युवा टासी भुटियाको मृत्यु भएको थियो ।
भुटियाको हत्याको घटनाले आज दिनभर दार्जि्लिङ, कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र तनावग्रस्त बनेको थियो । भुटियाको हत्या घटनाको बिरोधमा दार्जि्लिङका बिभिन्न स्थानमा भएको तोडफोड र सुरक्षाकर्मीको भीडन्तमा थप एक युवाको मृत्यु भएको जनाइएको छ ।
दार्जि्लिङमा सुरक्षाकर्मीसँगको झडपमा तुङसुङ निवासी ३७ वर्षीय सुरज सुन्दासको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । सुरक्षाकर्मीको फायरिङवाट १२ जना भन्दा बढी घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।