कारबाहीका ७८ आतङ्ककाकरी मारिए

कारबाहीका ७८ आतङ्ककाकरी मारिए

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काबुल, २४ असार ।
अफगानिस्तानको विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा ७८ जना आतङ्ककारी मारिएका छन् ।

गत २४ घन्टामा भएका कारबाहीमा ७८ मारिनुको साथै अन्य ४३ जना घाइते भएका गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाईएको छ ।

“गत चौविस घण्टामा अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलले आतङ्ककारी विरुद्धको सात ओटा सुरक्षा कारबाही चलाएको विज्ञप्तिमा लेखिएको छ । उरुज्गान, नान्गार्हार, हास्का मिना, सिन्वार, कान्दाहार र कुन्दुज बाल्ख प्रदेशमा सुरक्षा कार्वाहि भएको थियो ।

कार्वाहिका क्रममा ठूलो सङ्ख्यामा हातहतियार र विस्फोटक पदार्थ बरामद गरी नष्ट गरिएको पनि जनाईएको छ ।

तर यस कारबाहीको क्रममा सुरक्षाकर्मीतर्फ भने कुनै क्षति भएको वा नभएको बारेमा विज्ञप्तिमा केही बताईएको छैन ।

अफगानिस्तानको सुरक्षा बलले तालिवान लडाकूहरुका विरुद्धमा केही समयदेखि सुरक्षा कारबाही बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी