ट्रम्प र पुटिनबीच प्रत्यक्ष वार्ता : सिरियामा संघर्ष रोक्न सहमति ,अाइतवारबाट लागु हुने

ट्रम्प र पुटिनबीच प्रत्यक्ष वार्ता : सिरियामा संघर्ष रोक्न सहमति ,अाइतवारबाट लागु हुने

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, असार २४ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आइतवारबाट सिरियामा संघर्ष विराम गर्न सहमति भएको छ ।
दुइ राष्ट्प्रमुखबीच भएको पहिलो वार्तामा आइतवारबाट लागु हुने गरी दक्षिण पश्चिमी सिरियामा संघर्ष रोक्ने सहमति भएको हो । सम्झौतामा जोर्डन पनि संलग्न रहेको छ ।
गत नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वा्चित भएपछि राष्ट्रपति ट्रम्प र पुटिनबीचको यो नै पहिलो प्रत्यक्ष वार्ता हो ।
जी–ट्वेन्टी सम्मेलनमा भाग लिन जर्मनीमा रहेका दुई नेताबीच अमेरिकी चुनावमा रुसी ह्याकिङको आरोपबारे पनि छलफल भयो ।
ट्रम्प र पुटिनबीचको वार्ता महत्वपुर्ण रहेको अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनको भनाइ छ ।
पुटिनले अमेरिकी चुनावमा प्रभाव पार्ने खालको कुनै गतिविधि रुसले नगरेको बताउनुभएको र ट्रम्प त्यसमा विश्वस्त बनेको रुसी विदेश मन्त्री सर्गेइ लाभलोभले बताए ।
दुई घण्टाभन्दा लामो वार्तामा सिरिया युद्ध, आतंकवाद तथा साइबर सुरक्षाका विषयमा कुराकानी भएको अमेरिकी अधिकारीले जानकारी दिए ।
रुसमाथि अमेरिकी राष्ट्रपतिमा ट्रम्पलाई जिताउन भूमिका खेलेको आरोप लाग्दै आएको छ भने रुस र ट्रम्पले आरोप अस्वीकार गर्दै आएका छन् ।
अमेरिकी गुप्तचर निकायले भने यस विषयमा केही प्रमाण फेला परेको भन्दै अनुसन्धान गरिरहेको बताएका छन् ।
दुई दिने हैम्बर्ग शिखर सम्मेलनमा जुटेका नेताहरुले सिरिया युद्ध, आईएसको बढ्दो प्रभाव, जलवायु परिवर्तनको असरलगायतका विषयमा छलफल भइरहेका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी