आगलागीमा एकै परिवारका चारको मृत्यु

आगलागीमा एकै परिवारका चारको मृत्यु

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

नयाँ दिल्ली, २३ असार । भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

पश्चिमी दिल्लीको सिमापुरी क्षेत्रमा रहेको एक भवनमा सो आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान ०३ बजे सो आगलागी सुरु भएको हो । भवनभित्र भीषण लागलागीमा परी चार व्यक्ति मृतक र एक घाइते अवस्थामा फेला परेका प्रहरी स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

आगलागीको कारण स्वासप्रस्वासमा आएको समस्याको कारण ती व्यक्तिको मृत्यु भएको प्रहरीको अनुमान रहेको समाचारमा जनाइएको छ ।

आगो उक्त भवनभरि नै फैलिएकोले आगलागी नियन्त्रणको लागि अग्नी नियन्त्रकलाई तत्काल परिचालन गरिएको प्रहरीले जनाएको छ ।

विद्युतीय लाइनमा आएको खराबीको कारण सो आगलागी भएको प्रहरीले थप जानकारी दिएको पनि समाचारमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी