बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको घरमा छापा,मन्त्री हुँदा टेन्डरमा घोटाला गरेको आरोप 

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको घरमा छापा,मन्त्री हुँदा टेन्डरमा घोटाला गरेको आरोप 

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

पटना, असार २३ । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले मन्त्री हुँदा टेन्डरमा घोटाला गरेको आरोपमा राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको पटनास्थित घरसहित १२ स्थानमा छापा मारेको छ ।

नेता यादव केन्द्रीय रेल मन्त्री हुँदा होटल मर्मतका लागि दिएको टेन्डरमा घोटाला भएको भन्दै अनुसन्धान गरिरहेको सीबीआईले छापा मारेको हो । यादवको पटनास्थित घरसँगै दिल्ली, हरियाणाको गुडगाउँ, उडिसाको पुरी र झारखण्डको राँचीमा रहेका यादव परिवारको घर तथा सम्पत्तिमा शुक्रबार बिहान छापा मारिएको हो ।

लालुले स्टेसनसँगै रहेका भारतीय रेल्वेका होटलहरूको मर्मत र सञ्चालनका लागि दिएको टेन्डरमा पनि घोटाला गरेको आरोप लागेको थियो । यादव, उनकी पत्नी रावडी देवी र बिहारका अहिलेका उपमूख्यमन्त्री तेजस्वीविरूद्ध अभियोग लागेको छ ।

छापा मार्दा यादव भने पटनास्थित घरमा नरहेको र सीबीआईकै अदालतमा उपस्थित हुन राँची गएको बताइएको छ । यादवमाथि गाईबस्तुको दाना सम्बन्धी अर्को भ्रष्टाचार मुद्दामा पनि छानविन भइरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी