बङ्गलादेशमा विपक्षी दलका कैयौँ व्यक्ति गैर कानुनी थुनामा राखिएको खुलासा

बङ्गलादेशमा विपक्षी दलका कैयौँ व्यक्ति गैर कानुनी थुनामा राखिएको खुलासा

  • बिहिबार, असार २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

ढाका, २२ असार । बङ्गलादेशको सरकारले विपक्षी दलका कैयाँ कार्यकर्तालाई गैर कानुनी रुपमा थुनामा राखेको रहस्योद्घाटन भएको छ ।

बङ्गलादेशका सुरक्षा निकायहरुले ती विपक्षीलाई कारागारभन्दा अलग्गै गोप्य रुपमा थुनामा राखेको एक अनुसन्धानबाट पत्ता लागेको थियो ।

एक अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले उक्त गोप्य कुरा पत्ता लगाएको हो । उक्त समाचारअनुसार यहाँको सरकारले बिपक्षी दलका कार्यकर्तालाई उनीहरुले सरकारको विरोध गरेकोमा थुनेर राखिएको र त्यो कुरा सबैलाई थाहा नभएको पाइएको बताएको छ ।

एचारडब्ल्यु नामक सो संस्थाले गरेको अनुसन्धानका क्रममा उक्त तथ्य पत्ता लागेको हो । उसले यहाँका सुरक्षा निकायले कतिपयलाई सन् २०१३ देखि र अरुलाई लामो समयदेखि गोप्य तवरले थुनेर राखेको थाहा पाएको बताएको थियो ।

सो संस्थाले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाएअनुसार सरकारी सुरक्षा निकायले यसरी थुनेर राखेकामध्ये गतवर्षमात्र पनि ९० जना नागरिक रहेका थिए ।

यसबाहेक सयौँ व्यक्तिलाई यसरी गैरकानुनी थुनामा राखेको पाइएको उक्त खोजीमा पाइएको छ । न्युयोर्कमा मुख्यालय रहेको सो संस्थाले यसरी थुनेर राखिएका २१ जना मानिसलाई कहाँ रखिएको छ भनी गरिएको अनुसन्धानमा केही पत्ता नलागेको बताएको थियो ।

तर तिनीहरु पछि मारिएको पाइएको बताइएको छ । त्यसैगरी उक्त संस्थासँग रहेको प्रमाणका आधारमा यहाँ ९ जना थप मानिस पनि थुनामा रहेका बेला अन्तर्वार्ता गरिएको र उनीहरुका बारेमा थुनामा राखिएका प्रसस्त प्रमाणहरु रहेका थिए ।

उनीहरु अहिले कहाँ छन् भन्ने बारेमा पनि केही पत्ता नलागेको बताइएको छ । उक्त संस्थाका एसियाका निर्देशक ब्राड आदमले भनेका छन् “ती मानिसको बाँच्न पाउने अधिकार छ, उनीहरुको वास्तविक अवस्था के हो भन्ने बारेमा चाँडै स्पष्ट गरियोस ।”

यसरी बेपत्ता पारिएकामा राजधानी ढाकामा रहेको एक विपक्षी दल बङ्गलादेश नेशनल पार्टीका एकजना नेता ३७ बर्षीय सान्देल इस्लाम सुमन पनि रहेका छन् ।

उनको बारेमा वास्तविक जानकारी दिन सो संस्थाले यसअघि पनि सार्वजनिक रुपमा अपिल जारी गरेको थियो । सो अपिलपछि सरकारको कुनै प्रतिक्रिया आएको छैन ।

सुमनकी दिदी सन्जिदा इस्लामले भनिन् “मेरो भाई सुमन र उसँगै उक्त बङ्गलादेश पार्टीका अरु पाँच जनालाई पनि बङ्गलादेशको सुरक्षा निकाय र्यापिड एक्सन बटालिएन, (आरएबी) ले सन् २०१४को डिसेम्बरमा भ्यानमा हालेर लगेका थिए, मेरो भाई र उनीहरु त्यसपछि कहिल्यै फर्किएनन् ।

उनले आफूले त्यस यताका हरेक दिन हामीले भाइको खोजीका लागि खर्चिएका छौँ भनिन् । हरेक नेताको घरमा पुग्यौँ, गृहमन्त्रीलाई कैयाँै पटकसम्म भन्यौँ तर केही पनि लागेन, उनी फर्किएका छैनन्– उनको भनाई छ ।

बङ्गलादेशमा राजनीतिक अस्थिरता निकै बढ्दो देखिन्छ । जसका कारण यहाँ यस्ता हत्या हिंसाका घटना निकै हुने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी