एजेन्सी ,२२ असार । युरोपियन युनियनको असफल नीतिका कारण भु–मध्य सागरमा आप्रवासीको मृत्यु भएको एम्नेष्टि ईन्टरनेशनलले आरोप लगाएको छ । लिबियासँग भएको निन्दनिय सम्झौताका कारण यात्रारत आप्रवासीहरु डुब्ने, अन्यायमा पर्ने र यौन शोषणमा पर्ने एम्नेष्टिद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
बीबीसीका अनुसार लिबियाली बन्दी गृहहरुमा रहेका बन्दीलाई गरिएको व्यवहार प्रति ईयुले आँखा चिम्लिएको एम्नेष्टिको प्रतिवेदनमा उल्लेख छ । जलमार्ग हुँदै युरोप छिर्न चाहनेको सुरक्षाका निम्ति सामाजिक संस्थामा निर्भर रहेको भन्दै ईयुको आलोचना समेत भएको छ । युरोप छिर्ने क्रममा २ हजार भन्दा वढी आप्रवासीको मृत्यु भएको भन्दै एमनेष्टीले ईयुको गैरजिम्मेवारका कारण सो घटना भएको आरोप लगाएको छ ।
एम्नेष्टिले जारी गरेको प्रतिवेदनप्रति ईयुबाट कुनै पनि प्रतिक्रिया प्राप्त नभएको बीबीसीले उल्लेख गरेको छ । मानव तस्कर रोक्नका लागि लिबियाली तट रक्षकको क्षमता बृद्धिका लागि ईयुले ४ करोड ६० लाख डलर बजेट खर्च गर्ने प्रस्ताव गरेको थियो ।