भेनेजुयलामा सरकार समर्थकहरुले घुसपैठ गरी सांसद कुटे , ८ जना घाइते, दर्जनौं सांसदलाई लाग्यो चोटपटक

भेनेजुयलामा सरकार समर्थकहरुले घुसपैठ गरी सांसद कुटे , ८ जना घाइते, दर्जनौं सांसदलाई लाग्यो चोटपटक

  • बिहिबार, असार २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी, असार २२ । भेनेजुयलामा विपक्षीहरुको बहुमत रहेको राष्ट्रिय परिषद्मा सरकार समर्थकहरुले घुसपैठ गरी हंगामा मच्चाएका छन् । राष्ट्रिय सभामा प्रदर्शनकारी प्रवेश गरेर सासंदमाथि कुटपिट गरे ।

स्वतन्त्रता दिवसको मिति घोषणा गर्ने सन्दर्भमा भैरहेको बैठकको बीचमा एक सय भन्दा बढी मानिस संसद प्रवेश गरेका थिए । सेना र प्रहरी सुरक्षाका लागि खटिएपनि प्रदर्शनकारी संसद भवनभित्रै प्रवेश गर्दा समेत मुकदर्शक बनेको बीबीसीले जनाएको छ । भेनेजुएला सरकारले घटनाको अनुसन्धान गर्ने बताएको छ ।

अनुसन्धानका लागि ३ सय ५० मानिसलाई घेरामा राखिएको सभामुखले बताएका छन् । १ सय भन्दा बढी पत्रकार, विद्यार्थी र अवलोकनकर्ता समेत प्रदर्शनकारीको घेराबन्दीमा रहेको बीबीसीले उल्लेख गरेको छ ।

स्थानीय सञ्चारमाध्यमहरुले आक्रमणमा विपक्षी दलका उपनेता अमेरिको डे ग्राजियासहित आठ जना घाइते भएको जनाएका छन् ।

स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति निकोला मादुरोले राजधानी काराकासमा भएका कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रिय परिषद्मा हिंसात्मक आक्रमण भएको हो । राष्ट्रपति मादुरोले हिंसाको निन्दा गरेका छन् ।

भेनेजुएलामा आर्थिक संकट गहिरिँदै गएको छ । विपक्षीहरुले राष्ट्रपतिले मुलुकको अर्थतन्त्रमा खेलवाड गरेको र लोकतान्त्रिक संस्थालाई कमजोर पारेको आरोप लगाउँदै आएका छन् ।

भेनेजुयलामा तीन महिनादेखि सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । प्रदर्शनका क्रममा अहिलेसम्म ९० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी