सडक दुर्घटनामा ११ को मृत्यु

सडक दुर्घटनामा ११ को मृत्यु

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

इस्लामाबाद, २१ असार । पाकिस्तानको उत्तरी प्रान्त पन्जावमा बुधबार विहान भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु २२ जना घाइते भएका छन् ।

पन्जाबको लायाह जिल्लामा यात्रुबहाक बस र ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ प्रहरी र उद्वारकर्ताको टोली घटनास्थलमा पुगेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मध्ये केहीलाई छिमेकी जिल्ला मुल्तानको ठूलो अस्पतालमा भर्ना गरिएको छ । अस्पताल प्रशासनले १४ जना घाइतेको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार एकले अर्कोलाई उछिन्न खोज्दा दुर्घटना भएको थियो । बसमा ५० जना यात्रु रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी