महिलाहरुले सार्वजनिक स्थलमै बलात्कारीको यसरी गरे रामधुलाई….

महिलाहरुले सार्वजनिक स्थलमै बलात्कारीको यसरी गरे रामधुलाई….

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

२१ असार,काठमाडौं । भारतमा दिनदिनै बलात्कारका घटना घट्ने गरेका छन् । सरकारले बलात्कारीलाई कारवाही नगरेपछि अब महिला अाफै जुटेका छन् ।

भारतमा बलात्कारीलाई महिलाहरुले सार्वजनिक स्थलमै बलात्कारीलाई सजाय दिएको भिडियो भाइरल भएको छ । उक्त भिडियोमा बलात्कारीलाई महिलाले हातखुट्टा बाँधेर मरणासन्न हुने गरी पिटेर सजाय दिइरहेका छन् ।

भिडियो कुन स्थान र मितिको हो भन्ने प्रष्ट नभए पनि भारतकै एउटा गाउँको रहेको बताइएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार भिडियोमा तीन महिलाले एक पुरुषलाई हातखुट्टा बाँधेर लडाउँदै लाठीले कुटेको दृष्य छ । तीन महिलाले लगातार लाठी प्रहार गर्दा ती पुरुष अर्धचेत अवस्थामा पुगेको देखिन्छ ।

डोरीले तानेर घिसार्दै कुट्दै गरेको दृष्य हेर्न दर्जनौं स्थानी भेला भएका देखिन्छन् । भिडियोको अन्त्यमा प्रहरी अधिकारीले स्थानीयलाई अपिल गरेको देखिन्छ ।

भिडियोमा महिलाले आरोपी पुरुषको खुट्टामा र गुप्तांगमा बढी प्रहार गरेका छन् । एक महिलाको हातमा शिशुसमेत देखिन्छ भने एउटा हातले निकै आक्रोसपूर्वक उनले ती पुरुषलाई लौरो प्रहार गरेको देखिन्छ ।

भारतमा बलात्कार ठूलो समस्याका रुपमा देखिएको छ । सन् २०१५ मा मात्र भारतमा ३४ हजार बलात्कारका घटना भएको तथ्यांक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी