मोसुलमा आईएस ‘मृत्युसँग सङ्घर्ष’ गर्दै 

मोसुलमा आईएस ‘मृत्युसँग सङ्घर्ष’ गर्दै 

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

इराक, २१ असार । इराकको उत्तरी सहर मोसुलमा सरकारी सेनाले कारबाहीलाई सशक्त पारेपछि इस्लामिक स्टेट (आईएस) समूह मोसुलको अन्तिम पकड क्षेत्रमा ‘मृत्युसँग सङ्घर्ष’ गरिरहेको मङ्गलबार जनाएको छ ।

इराकी सेनाको विशेष दस्ताका प्रमुख तथा सैनिक जनरल अब्देल घानी अल–असादीका अनुसार आफ्नो सेना विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्र टिग्रीस नदीभन्दा करिब २५० मिटर टाढा पुगेको छ । सेनाले एक दिन पहिले आईएसद्वारा आश्रयस्थल बनाउँदै आएको एउटा अस्पताल परिसरलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

अल असादीले मोसुलमा आईएससँगको अन्तिम लडाईमा केही आत्मघाती बम हमलाको सामना गरिरहेको बताउँदै लडाई अझै सशक्त हुनसक्ने आँकलन गरिएको बताउनुभयो ।

इराकी सेनाले २०१६ को अक्टुबरमा इराकको दोस्रो ठूलो सहर मोसुललाई आईएसको नियन्त्रणबाट फिर्ता लिन सैन्य कारबाही सुरुगरी निरन्तर लड्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी