चीनले कुनै पनि बेला सिक्किममा भारतमाथि आक्रमण गर्न सक्ने

चीनले कुनै पनि बेला सिक्किममा भारतमाथि आक्रमण गर्न सक्ने

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी असार २० । पछिल्लो तीन साता यता चीन र भारतबीच सिक्किमको सिमा क्षेत्रलाई लिएर तनाब बढेको छ । चीनले सन् १९८० को सन्धि अनुसार चीनीया भूभागमा भारतीय सेना प्रवेश गरेकोमा भारतलाई ध्यानाकर्षण गराउदै उक्त सेना फिर्ता नभए सेना प्रयोग गर्न सक्ने चेतावनी दिएको छ ।
यसको अर्थ चीनले भारतीय फौजमाथि हमला गरेर पछि हटाउन सक्ने विज्ञहरुले बताएका छन् । विगतको सिमा विवाद भन्दा यो निकै संवेदनशील भएको भन्दै क्षेत्रीय सम्प्रभुक्ताको निम्ती चीनले आवस्यक परे भारतसगँ युद्ध गर्न सक्ने चीनीया थिंक ट्याकंहरुले बताएका छन् ।
साघाई सोसल एकेडेमीका फेलो हु झियागंले ग्लोवल टाईम्ससगँ कुरा गर्दै भारतलाई सन् १९६२ को युद्धको सम्झना दिलाउदै शाान्तिपूर्ण ढंगले विवाद समाधानको निम्ती प्रयास भईरहेको तर उसले नसुने सेना प्रयोग गर्नुको विकल्प छैन भनेका छन् ।
अर्का सैन्य विषेशज्ञ झागंपिगंले भारतले चीनलाई जहिले पनि शत्रुका रुपमा हेरीरहेको तर चीनले कहिले पनि त्यो नसोचेको भन्दै यसमा गंभीरताका साथ भारतले बिचार गर्ने आशा व्यक्त गरे ।
उनीहरुले भारतले चीन विरुद्ध युद्ध छेड्ने दिएको धम्कीलाई मजाकको रुपमा लिएका छन् ।
सिक्किमको डोनलोकमा चीनीया सिमामा प्रवेश गरेका सेनालाई फिर्ता लान आग्रह गर्दै विदेश मन्त्रालयले सार्वभौम सत्ताको रक्षाका लागि जस्तो सुकै कदम चाल्न सक्ने चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी