सेटिङ मार्फत युएइ आयका २० जना नेपाली अलपत्र, दलाल सँग दूतावासका कर्मचारीको पनि मिलोमतो भएको हुन सक्ने आसङ्का

सेटिङ मार्फत युएइ आयका २० जना नेपाली अलपत्र, दलाल सँग दूतावासका कर्मचारीको पनि मिलोमतो भएको हुन सक्ने आसङ्का

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

 युएइ संबाददाता । राम्रो काम र भने अनुसार तलब सुबिधा हुने ग्यारेन्टी लियर सेटिङ मार्फत भिजिट भिसामा युएइ पठायका २० नेपालीको सडकमा बास भएको छ ।

काठमाडौको ठमेल स्थित (अर्थ लाइन ट्राभल्स एन्ड टुर्स प्राली )मार्फत जनही २ लाख ५० हजार देखि ३ लाख ८० हजार रुपैयाँ सम्म बुझायर युएइ आयका नेपाली ठगिएका मात्रै हैनन दलालको सारिरिक र मानसिक यातना सहन समेत बाध्य भएको खुलासा भएको छ ।

गोप्य सुचनाको आधारमा खोजी गर्दा युएइको राजधानी अबुधाबि स्थित मुसफा ३२ भन्ने ठाउँमा ल्याइ अलपत्र पारेका नेपाली लाई ट्राभल्स कै युएइ एजेन्ट ले दैनिक जसो कुटपिट गर्न मानसिक यातना दिने तथा ज्यान मार्न धम्की दिने गरेको प्रमाण समेत फेला परेपछि रहस्य बाहिर आयको हो । ट्राभल्स सन्चालक म्यानेजिङ डाइरेक्टर पबित्रा प्रकाश अधिकार नाम गरेकी महिलाले युएइमा आफ्नो एजेन्ट बनेर काम गर्न चितवन माडी घर भयका वास्तविक नाम प्रेम पान्डे तर सबैलाई साजन पान्डे भन्दै परिचय गर्न ब्यक्ति लाई जिम्मेवारी दियको स्रोतले बतायको छ । रातभरि रक्सी खायर पीडित लाई कुट्पिट गर्न गालिगलोज तथा सेटिङ मै मारेर गाड्दिने भन्दै डर त्रासमा धम्क्याएर बन्दि बनाइ राखेको भन्दै पीडितले भिडियो र एजेन्ट ले कुटपिट गर्दाको भ्वाइस रेकर्ड प्रमाणको रूपमा बाहिर ल्यायका छन ।

यस्तै पीडितले आफुमाथी भएको अन्याय र ज्याजतीलाइ बाहिर ल्याइ नेपाली दूतावास अबुधाबी लाई जानकारी गराय पश्चात् दूतावासले एजेन्ट लाइ खोजी गर्न प्रहरीमा उजुरी हालेको समेत बतायको छ भने एजेन्ट हाल फरार रहेका छन । पीडितका अनुसार एजेन्टले आफुहरुलाइ बारम्बार ज्यान मार्न धम्की दियको तथा दूतावासका केहि कर्मचारी सङ एजेन्टको पहिला देखि नै नियमित जसो फोन सम्पर्क हुने गरेको आफुहरुले सुन्दै आयका बतायका छन भने दूतावासमा २० हजार दिराम पैसा दियर केस मिलाउन लगाउने र आफुहरुलाइ जेलमा हाल्ने धम्कि एजेन्टले दियको जानकारी गरायका छन ! नेपालमा नै लाखै रुपैयाँ बुझायर आयका पीडित हरु सङ युएइ आय पश्चात् समेत १हजार डलर देखि १५ सय डलर सम्म एजेन्टले लियको र बारम्बार भन्दा समेत भिजा नलगाय पछि हाल १०जना अबैधानिक रहेको जसमा युएइको नियम अनुसार तिर्नुपर्ने जरिवाना रकम १ लाख ५० हजार सम्म पुगेको गुनासो पीडित हरुले गरेका छन ।

हाल सम्पर्कमा आयका पीडितहरुमा कुल बहादुर केसि ,लोक बहादुर डागी ,बिनोद नेपाली ,प्रेम प्रकाश केसी ,सुरेन्द्र प्रकाश चन्द ,कनार गुरुङ ,तेज गुरुङ ,मुकेस घले ,पुर्ण बहादुर पुन ,नेत्र रावत ,चन्द्र बहादुर डागी ,रोसन प्रसाद श्रेष्ठ ,राज कुमार श्रेष्ठ ,पदम लाल ओलि , ,अर्जुन नेगि,झोबिन्द्र प्रसाद घिमिरे तथा सुरेस चौधरी रहेका छन जस मध्य अन्य केहि भागेका र केहि लाई एजेन्ट काम लगाउने भन्दै फकायर राखेको बतायका छन । यस्तै आज आफ्नो गुनासो र प्रमाण सहित नेपाली दूतावास अबुधाबि पुगेका २० जना पीडितले दूतावासले एजेन्टलाइ बोलाइ लिखित कागज गराइ नेपाल मा बुझायको तथा युएइमा तिरेको सम्पुर्ण लागत रकम फिर्ता गराइ आफू हरुले तिर्नुपर्ने अबैधानिक जरिवाना समेत एजेन्टले नै तिर्नुपर्ने माग पेस गरेको जानकारी दूतावास बाटै प्रत्येक्ष फोन सम्पर्कमा पीडितले बतायका छन । तर यता नेपालमा रहेको ट्राभल्सले भने समाचार बाहिर आयमा र आफ्नो नाम जोडियमा एक रुपैयाँ पनि नदिने भन्दै पीडित लाई फोन गरि धम्की दियको जानकारी पीडितले गराएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी