एजेन्सी असार २० । अमेरीका, दक्षिण कोरीया र जापानको चेतावनीका बाबजुद उत्तर कोरीयाले पुनः अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ ।
आज स्थानीय समय अनुसार बिहान ९ः४० बने प्योगंयान प्रान्तबाट क्षेप्यास्त्र प्रहार भएको दक्षिण कोरीयाली समाचार संस्थाले जनाएको छ ।
क्षेप्यास्त्र जापानी सागरमा खसेको अनुमान गरिएको छ । ४० मिनेटमा ९ सय ३० किलो मिटर टाढा क्षेप्यास्त्र पुगेको जनाईएको छ ।
सन् २०१७ मा मात्रै उत्तर कोरीयाले ११ पटक क्षेप्यास्त्र परीक्षण गरेको छ ।
जापान सरकारले यो परीक्षणको निन्दा गर्दै प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएको केही दिन पनि वित्न नपाउदै उत्तर कोरीयाले क्षेप्यास्त्र परीक्षण जारी राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline