एजेन्सी , असार २० । एयर एसियाको बिमानमा चरा ठोकिएपछि आपतकालीन अवतरण गराइएको छ ।अष्ट्रेलियाबाट मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको ३ सय ५९ जना यात्रु रहेको एयर एसियाको बिमान उडान भरे लगत्तै इन्जिनमा ठूलो आवाज आउनुका साथै बिमानमा स्पार्क भएपछि यात्रुहरुबीच रुवावासी चलेको थियो ।
बिमानमा खराबी आएपछि चालक दलले बिमानलाई अष्ट्रेलियाको ब्रिसबेनमा अवतरण गराएको हो । बिमान अवतरणपछि बिमानस्थलमा दुई वटा चरा भेटिएका थिए ।
बिमानको इन्जिन साधारण मर्मतपछि पुनः उडान सुचारु गर्ने एयर एसियाका अधिकारीहरुले बताएका छन् ।
गत साता एयर एसियाको सोही बिमानको इन्जिनमा खराबी आएपछि बिमानलाई अष्ट्रेलियाको पर्थमा आपतकालिन अवतरण गराइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline