खाडी देशका मागबारे दोहाको जवाफसहित विदेशमन्त्री कुवेतमा

खाडी देशका मागबारे दोहाको जवाफसहित विदेशमन्त्री कुवेतमा

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

कुबेत, १९ असार । कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि सारेका मागहरुबारे आफ्नो अडानसहित कुवेत आउनुभएको छ । सोमबारसम्ममा आफ्नो कतारले मागबारे जवाफ पठाउने बताए अनुसार कतारका अमीर शेख तमिम विन हमद अलथानीले कुबेतका अमीर शेख सवाह अल अहमद अल जावेरको पत्र लिएर विदेशमन्त्री कुवेत पुग्नुभएको हो ।

खाडी संकटबारे कुवेतका अमिरले मध्यस्थता गर्दै आउनुभएको छ । कतारका अमिरको पत्र त्यहाँका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अलथानीले कुवेती अमीरलाई दिनुहुनेछ ।

यद्यपि उचित शर्तहरु भए संवादमा सहभागी हुन कतार तयार रहेको कतारी सरकारले बताउदै आएको थियो ।
खाडी मुलुकहरुले अलजजीरा प्रसारण सञ्जाल तथा टर्कीको सैन्य अखडा बन्द गर्नुपर्ने र इरानसँग सम्बन्ध विच्छेद गर्नुपर्ने लगायतका माग राखेका थिए । तोकिएको समयसीमाभित्र ती मागहरु पूरा नगरिए साउदी अरेबिया, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्टले कतारमाथि नाकाबन्दी लगाउने चेतावनी दिएका छन् ।

उनीहरुले कतारमाथि अतिवादी र आतंकवादी समूहहरुलाई सघाउँदै आएको आरोप लगाउँदै आएका छन् तर उक्त आरोप कतारले अस्वीकार गर्दै आएको छ ।

गत जुन महिनामा साउदी अरव, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्ट लगायतका मुलुकले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्ने बेला रियादले “राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन“ उक्त कदम चालिएको बताएको थियो । केही समय पहिले साउदी अरेबिया, बहरेन र संयुक्त अरब एमिरेट्सले आफूहरुको आन्तरिक मामिलामा कतारले हस्तक्षेप गरेको भन्दै कुटनैतिक सम्वन्ध विच्छेद गरेको घोषणा गरेका थिए ।

यसैवीच, छ अरब राष्ट्रका विदेशमन्त्रीहरू कतारसँगको विवादका विषयमा कुरा गर्न बुधबार इजिप्टको राजधानी काएरोमा भेट्ने कार्यक्रम भएको इजिप्टको विदेश मन्त्रालयका प्रवक्ताले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी