खाडि मुलुकको प्रतिबन्धको जवाफ प्रतिबन्धमै दियो कतारले , अब के गर्छन कतारी नागरिक ?

खाडि मुलुकको प्रतिबन्धको जवाफ प्रतिबन्धमै दियो कतारले , अब के गर्छन कतारी नागरिक ?

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

एजेन्सी ,१९ असार ।

साउदी अरब लगायत चार देशले दुई दिनको अल्टिमेटम समय दिएपछि कतारी सरकारले जवाफ स्वरुप आफ्नो देशका नागरिकलाई देशबाट बाहिर जान प्रतिबन्ध लगाएको छ ।

खालिज टाइम्सका अनुसार इल अल फिट्त्र बिदाका लागि बाहिर जाने बासीहरुलाई समेत प्रतिबन्ध लगाइएको छ ।
आर्थिक र सामाजिक रुपमा घेराबन्दीमा परेको कतारले पछिल्लो पटक लिएको यो ठुलो निर्णय हो ।

यस प्रतिबन्धले पब्लिक क्षेत्रमा काम गर्दै आइरहेका मानिसहरुलाई भने कठिन हुने अनुमान गरिएको छ । जुन ५ देखि कतारसँग कुनै पनि खाले सम्बन्ध नराखेका साउदी अरब, युएइ, बहराइन र इजिप्टले विभिन्न पक्षबाट कुटनीतिक वार्ता भने जारी राखेका छन् ।

कुवेत इरान तथा टर्कीले कतारको मदत गर्दै आइरहेका छन् । आंतकवादलाई प्रश्रय दिएको भन्दै उनीहरुले कतारमाथि नाकाबन्दी लगाएका थिए । कतारले भने आधारहिन आरोप लगाएको बताएको थियो ।

नाकाबन्दी लगाएको दुई हप्तापछि यी चार देशहरुले १० दिनको अल्टिमेटम दिएका थिए । जुन आइतबार सकिएको थियो । आइतबार यी चारदेशबीच छलफल भएपछि कतारलाई थप दुई दिनको अल्टिमेटम दिएका हुन् । कतार सरकारले भने यसबारे आधिकारीक धारणा बाहिर ल्याएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी