कतारलाई शर्त पूरागर्न थप ४८ घन्टाको चेतावनी

कतारलाई शर्त पूरागर्न थप ४८ घन्टाको चेतावनी

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

रियाध,१९ असार । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाएर कतारमाथि कूटनीतिक सम्बन्ध विच्छेद गरेका गल्फ देशहरुले कतारलाई दिएको भनिएको चेतावनीको समय थप ४८ घन्टा बढाइएको चार वटा गल्फ राष्ट्रले जनाएका छन् ।

कतारमाथि प्रतिबन्ध एवम् नाकाबन्दी लगाइएको करिब महिना दिन पछि उनीहरुको यो प्रतिक्रिया आएको हो । विशेषगरी गल्फकै ती राष्ट्रले कतारमाथिको यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्तावहरु अघि सारेका छन् ।

उनीहरुले ती प्रस्तावको स्वीकृतिका लागि भन्दै सोमबार सम्मको समय दिएकोमा त्यो समयावधि बढाएर ४८ घन्टा पुर्याइएको उनीहरुले जनाएका छन् ।

साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले सोमबार कतारलाई यसअघि उनीहरुले राखेका शर्तहरु आगामी ४८ घन्टाभित्र पूरा गर्ने भएमा मात्र उनीहरुले कतारसँग वार्ता गरी शान्तिपूर्ण समाधान निकाल्ने बताएका हुन् ।

कतारकाथि छिमेकी गल्फ देशले गत जुन ५ देखि नाकाबन्दी लगाएका छन् । ती देशले कतारमाथि अकस्मात कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका थिए ।

कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध नै तोडेको घोषणा गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतारसँगको सम्बन्धको पुनस्र्थापनाका लागि भन्दै विभिन्न शर्त राखेका छन् ।

उनीहरुले राखेका शर्तहरुमध्येको एक कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने पनि हो । यो सहित उनीहरुले सामुहिक रुपमा १३ वटा विभिन्न शर्त अघि सारेका छन् । दुई हप्ता अघि उनीहरुले राखेको यो शर्त पूरागर्न कतार अनिच्छुक छ ।

उता कतारको साथमा टर्की रहेको बताउँदै आएको छ । टर्कीको सरकारी समाचार समिति अनादोलु समाचार समितिले राष्ट्रपति एर्दाेगानलाई उद्धृतगर्दै भनेको छ– हामी कतारको साथमा छौँ, कतारले यी कुनै पनि शर्त स्वीकार गर्नुहुदैन ।

उता इरानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुपर्ने शर्त राखिएको भए पनि कतारलाई इरानले खाद्यान्न लगायतका सामाग्रीहरु पठाइरहेको समाचार पनि आएका छन् ।

कतारमाथि यस्तो प्रतिबन्ध लागेको हप्ता दिनपछि चारवटा गल्फ देशले कतारमाथि शर्त राखेका थिए । कतार समस्याको समाधानका लागि भन्दै कुवेतले मध्यस्थता गरिरहेको छ । सोमबार पनि कुवेतमार्फत नै गल्फले यी शर्त राखेका हुन् ।

टर्कीस् राष्ट्रपति रिसेपले कतारमाथिको प्रतिबन्ध सरासर अन्तर्राष्ट्रिय कानुनबिपरीत रहेको र त्यसलाई खुकुलो बनाउने निहूँमा गल्फले कतारमाथि नाजायज शर्त राखेका बताउनुभएको छ ।

ती चार देशले गत जुन २३ मा विभिन्न १३ बुँदे शर्त राखेका थिए । उनीहरुले अल जाजिरा टिभीको प्रशारण बन्द गर्नुपर्ने, इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने र कतारमा रहेको टर्कीको सैनिक पोष्ट हटाउनुपर्ने जस्ता शर्त राखेका छन् ।

कुवेतमार्फत शर्त राखेका उनीहरुले सोमबार पनि उसैमार्फत सोमबार थप ४८ घन्टाको चेतावनी कतारलाई दिएका हुन् । तर ती शर्तहरुप्रति कतार भने सहमत नभएको बताएको छ । उसले आफूलाई ती शर्तहरु मान्य नभएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी