दुई मुलुकबीच तनाब बढीरहेकाबेला अ‍ेमरीकी र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता, के कुरा भयो ?

दुई मुलुकबीच तनाब बढीरहेकाबेला अ‍ेमरीकी र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता, के कुरा भयो ?

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी, १९ असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङविच आज विहान टेलिफोन वार्ता भएको छ । उहाँहरुविच कोरियाली प्राय दिपमा बढदो तनावको बारेमा छफलफल भएको बताइएको छ ।

साथै उहाँहरु विच भएको वार्ताका क्रममा जी २० बैठकको बारेमा पनि कुराकानी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सो फोनमा गत अप्रिलमा फ्लोरिडामा भएको द्विपक्षीय भेटवार्तापछि अमेरिका र चीन विचको सम्बधमा राम्रो प्रगति भएको जानकारी गराउनु भएको थियो । गत अप्रिल महिनामा चिनियाँ राष्ट्रपति जिङपिङ अमेरिकाको भ्रमणमा जानुभएको थियो ।

चिनियाँ राष्ट्रपति चिनफिङले भने यी दुई देशको सम्बन्धमा केही नकारात्मक कुराहरुले प्रभाव पारिरहेको धारणा राख्नुभएको उहाँलाई उद्धृतगर्दै सिसीटिभीले जनाएको छ ।

उहाँले चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले भने ताइवानका लागि अमेरिकाले करिब १ अर्ब ३ करोड अमेरिकी डलर बराबरको हतियार बिक्रीगर्ने सम्बन्धी प्रस्तावमा स्वीकृति दिनुभएको थियो ।

त्यस विषयलाई पनि चिनियाँ राष्ट्रपतिले उहाँसँगको फोनमा उठाउनुभएको थियो । समाचारमा जनाइएअनुसार ताइवानलाई हतियार बेच्ने प्रस्तावसँगै चीनको एक चीन नीतिको सिद्धान्तको सम्मान अमेरिकी राष्ट्रपतिले गर्नुुहुने छ भन्ने विश्वास आफूलाई लागेको बताउनुभएको थियो ।

साथै सो फोनवार्तामा आसन्न जि२० बैठकका बारेमा पनि कुराकानी भएको थियो । उक्त बैठकमा यी दुई देशका साझा मुद्धामा सो फोनवार्तामा कुराकानी भएको थियो । तर ती एजेण्डा के हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

सो फोनवार्ताका क्रममा उहाँले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणका साथै सो परीक्षणका कारण कोरियाली प्रायद्वीपमा जारी प्राय सधैँको तनावपूर्ण अवस्थाका बारेमा पनि कुराकानी गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो विषयमा जानकारी दिएको छ । उहाँले चीनसँग उत्तर कोरियाका विषयमा पनि फोनमा कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ ।

चीनका कारण कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि सहयोग पुग्न सक्ने अनुमान गरिएको अमेरिकी भनाई रही आएको छ । त्यसैले कोरियाली प्रायद्वीपका बारेमा पनि फोनमा कुराकानी भएको ह्वाइट हाउसले जानकारी दिएको छ ।

उता दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनको हालै सम्पन्न अमेरिका भ्रमणका क्रममा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गरेको बतानुभएको थियो ।

कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवम् वार्ता गरेको कोरियाली प्रायद्वीपमा शान्तिका लागि सहयोग पु¥याएको उहाँको धारणा थियो ।

उत्तर कोरियाले पछिल्लो केही समययता आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरिया र अमेरिकाको विरोधका अभिव्यक्तिहरु पनि उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी