बन्दुकको डर मा भोकभोकै बाँचिरहेका नेपालीको गुहार : घर फर्कन पाऊँ सरकार (भिडियो सहित)

बन्दुकको डर मा भोकभोकै बाँचिरहेका नेपालीको गुहार : घर फर्कन पाऊँ सरकार (भिडियो सहित)

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं ,१८ असार। शारीरिक र मानसिक यातना पाई साउदी अरबमा भोकभोकै बँधुवा जीवन बिताइरहेका १० नेपालीले रिहाइका लागि अपिल गरेका छन् । सात महिनासम्म तलब नदिई रोजगारदाता कम्पनीले कुटपिट गर्ने र पेस्तोल देखाई मार्ने धम्की दिने गरेको उनीहरूले बताएका छन् ।

पीडितहरू जाजरकोटका जनकबहादुर खत्री, दैलेखका मानबहादुर कामी र बमबहादुर बस्नेत, बाँकेका मानसिंह कामी, दाङका लेखबहादुर विश्वकर्मा,  माेरङका गोविन्द ताम्राकार , तेह्रथुमका जितबहादुर जोगी,  माेरङका रुद्र माझी, संखुवासभाका पूर्णबहादुर तामाङ र रुकुमका नविन विष्टले आफूहरू थुनामा रहेको र खान नदिई राखिएकाले सुरक्षित नेपाल फर्काइदिन सरकार र सम्बन्धित निकायलाई अनुरोध गरेका हुन् । वैदेशिक रोजगार पीडितको उद्धारमा काम गर्दै आएको नेपाली साझा मञ्चले जारी गरेको भिडियोमा पीडितले न्यायका लागि गुहार मागेका छन् ।

नेपालीलाई उद्धार गर्न माग गर्दैै साउदीको रियादस्थित नेपाली दूतावास र मानवअधिकारवादी संघसंस्थालाई मञ्चले अपिल गरेको छ । अपिल जारी गर्दै मञ्चले पीडितको ज्यानको सुरक्षा र पाउनुपर्ने तलब प्रदान गरी नेपाल फर्काउने व्यवस्था गरिदिन अनुरोध गरेको छ ।

मञ्चका अनुसार अहिले पनि मोरङका रुद्र माझी, संखुवासभाका पूर्ण तामाङ र रुकुमका नविन विष्टलाई थुनेर राखिएको छ, उनीहरू भोकभोकै छन् ।

मञ्चले दूतावासलाई पठाएको पत्रमा लेखेको छ– “अहिले उनीहरूलाई जुबैलको एक कम्पनी सप्लाईमार्फत काम लगाएकाले यो हारगुहार गर्न सकेका छन्, कपिल (रोजगारदाता)को कतिफ अफिसमा लगेपछि अर्को कुनै काम नपाएसम्म भोकभोकै राख्ने गर्छ ।

यस सम्बन्धमा नेपालको मेनपावर कार्यालयमा पटकपटक फोन सम्पर्क र नेपालको प्रहरी कार्यालय फोन नं. ०९७७ १ ४१४१७७ मा उजुरी गर्दा पनि कुनै सहयोग र उद्धार नभएको, उल्टो कपिलले थाहा पाए मारेर फाल्छ कि भन्ने त्रासमा छन् । वैदेशिक रोजगारका लागि आएका उनीहरू ज्यान मात्रै बचाएर नेपाल जान पाए पनि हुन्थ्यो भन्ने अवस्थामा रहेका छन् ।”

मञ्चले राष्ट्रिय मानव अधिकार आयोगलाई समेत पत्र लेख्दै पीडितको बाँच्न पाउने अधिकार र सम्झौता अनुसारको बाँकी बक्यौता तलब दिलाई नेपाल फर्काउने व्यवस्था गरिदिन आग्रह गरेको छ ।

पीडितहरू नेपालको जाउलाखेलस्थित लक्की मेनपावर ओभरसिज सर्भिसबाट सम्पर्कमा आई न्यू वल्र्ड ओभरसिज सर्भिस प्राली (दर्ता नं. ११३÷०५५÷०५६¬) मार्फत जुलाई  १९, २०१६ मा साउदी उडेका थिए । साउदी अरबको सलमान हसन अल मार्थु कम्पनी लिमिटेड (दर्ता नं. २०५३०२१९१०, कतिफस्थित कार्यालय रहेको) मा उनीहरु पठाइएका थिए ।

सात महिनादेखि तलब नपाई भोकभोकै बसिरहेको गुनासो गर्दै यी १० जना नेपालीले सरकारले घर नफर्काए विदेशी भूमिमा नै मर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी