नबील बैंकले घर जग्गा पास भएको भोलीपल्टै ७५ लाख रिण दिएको खुलासा

नबील बैंकले घर जग्गा पास भएको भोलीपल्टै ७५ लाख रिण दिएको खुलासा

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाण्डौं असार १८ । धरान १५ का बीर बहादुर थापाको नाममा रहेको एक कट्ठा जमिन र त्यसमा बनेको तीन तले घर संखुवासभाका प्रदीप कुमार गौतमको नाममा आन्तरीक सहमति अनुसार २०७३ साल माघ २० गते गौतमको नाममा नामसारी भयो । थापा र गौतमबीचको सहमति अनुसार बैंकिक प्रोसेसद्धारा सो घर जग्गा बापत रिण लिएर थापालाई थप ६१ लाख दिने सहमति भएको थियो । त्यस अघि बैना बापत ४९ लाख रुपैया थापाले पाएका थिए ।
मंसीरमा दुवै पक्षबीच यो कारोबार भएको थियो । दुवै पक्षले बीर बहादुरकै नाममा धरानमै बैंकिक प्रोसेस शुरु गरेका थिए । तर पछि जब माघ २० मा घर बीर बहादुरले गौतमलाई पास गरिदिए त्यसको भोलिपल्टै बैंकले विना कुनै अनुसन्धान अध्ययन ७५ लाख रुपैया आवास कर्जा अन्तर्गत गौतमलाई दिएको देखिन्छ ।
बैंकले कुनै स्थलगत अध्ययन , मुल्याकंन विना किन एकै दिनमा ७५ लाख रुपैया दियो ? यदी सोही बैंकमा शुरु देखिकै प्रोसेस भएको भए किन यस बारेमा बीर बहादुरलाई थाहा दिईएन ?
अचम्मत के भएको देखिन्छ भने बीर बहादुरले एक करोड १० लाख मध्य ६१ लाख पाउनु पर्नेमा त्यो पनि नपाए पछि मात्रै पैसा बैंकबाट आएको थाहा पाएका थिए ।
२५४४ र २५४२ कित्ता नं रहेको सो घर जग्गालाई ईनरुवा १ का प्रितम अटलले समेत रोक्का गरेको अवस्थामा बैंकले क्रृण दिएको छ ।
यसलाई दलाल र बैंक अधिकारीको मिलेमतोमा क्रृण झिकिएको र सर्वसाधारण मर्कामा पारीएको गुनासो स्थानीयले गरेका छन् ।
त्यसै गरी ईटहरीको एक जग्गामा समेत नबील बैंकमा रोक्का गरिएको जग्गा सम्बन्धित पक्षलाई थाहौ नदिई फुक्का गरिएको बताईएको छ । यसबारे विस्तृत विवरण अर्को फलोअपमा प्रकाशित गरिने छ ।
दलाल र बैंक कर्मचारीले कमिसनको खेलमा यसरी अनुचित र नियम एवं प्रकृया विपरीत क्रृण दिने गरेको बताईन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ