एजेन्सी, १७ असार । सिक्किम सेक्सनमा भारतीय सेना र चिनियाँ जनमुक्ति सेनाबीच कुटाकुट भएको छ । सिक्किम सेक्सनमा भारतीय सेनाले सीमा पार गर्दै चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि दुई देशका सेनाहरुबीच केही समय तनाव उत्पन्न हुनुका साथै कुटाकुट भएके थियो ।
भारतीय सेना चिनियाँ क्षेत्रमा प्रवेश गरेको भन्दै चिनियाँ सेनाले भारतका दुई वटा बंकर पनि भत्काइ दिएका छन् । चीन सरकारले भारतीय सेनालाई आरोप लगाउँदै भनेको छ,‘सिक्किम सेक्सनमा सीमा पार गर्नु यसले दुई देशको सम्झौतादेखि पछि हट्नु हो ।
यस घटनाको अध्ययनबाट पनि भारतीय सेना चिनियाँ क्षेत्रमा प्रवेश गरेको पुष्टि भएको छ ।’ चिनियाँ विदेशमन्त्रीका प्रवक्ता गेन सुआङले दाबी गर्दै एक विज्ञप्तिमा भनेका छन्,‘ सोमबार राति भारतीय सुरक्षागार्डले सिक्किम सेक्सनमा सीमा पार गरे र चिनियाँ क्षेत्रमा प्रवेश गरे ।’
चीनले तत्काल आफ्नो क्षेत्रमा फर्कन भारतीय सुरक्षा गार्डलाई निर्देशन दिएको थियो । सीमा क्षेत्रमा रहेका चिनियाँ सुरक्षाकर्मीलाई उनीहरुले केही असोभनिय व्यवहार समेत गरेका थिए । मिडिया रिपोर्टका अनुसार सिक्किम सेक्सनमा भारत र चीन सीमालाई लिएर सम्झौता पत्रमा व्याख्या गरिएको छ । गेनले भनेका छन्,‘भारतीय सरकारले उक्त सम्झौता पत्रलाई लिएर बारम्बार कुनै पनि विवाद नरहेको बताउँदै आइरहेको छ ।’ पिपुल्स लिब्रसेन आर्मीले बाटो निर्माण कार्यमा भारतीय सेनाले अवरोध खडा गरेको आरोप लगाएको छ । चीनले एक विज्ञप्ति निकाल्दै भनेको छ,‘भारतीय सेनाले सिक्किम सेक्सनमा रहेको सार्वभौम क्षेत्रमा शान्ति विचलन गर्ने काम गरेको छ । यसले सीमा क्षेत्रमा भएको शान्ति र सद्भावमा ठुलो असर पारेको छ ।’ भारतले पनि चिनियाँ जनुमक्ति सेना भारतीय क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ ।