काठमाडौं, असार १७ ।
क्याम्सि पढ्ने छात्रछात्रा र प्रोफेसरहरुलाई कलेज परिसरमा सानाे बन्दुक लिएर जान कानूनी रुपमा अनुमती दिइएको छ ।
अमेरिकाको क्यान्सस राज्यमा लुकाएर राख्न मिल्ने खालको सानो बन्दुक लैजान पाइने यो कानुन ४ वर्ष पहिले सबै सार्वजनिक भवनहरुमा लागु भएको थियो । तर, यो राज्यमा कलेजहरुलाई भने यो वर्षको जुलाई सम्म यो कानूनको दायराबाट बाहिर राखिएको थियो ।
देशमा सम्भावित हमलाकारीहरुबाट क्याम्पसको सुरक्षाको मुद्दासँग जुध्नको लागि राज्य सांसदको प्रयासहरुको श्रृंखलामा यो कानूनलाई नयाँ प्रयास मानिएको छ ।
केही मामिलामा बन्दुक राख्नको लागि कानून कडा गरिएको छ जबकी अन्य मामिलामा बन्दुकसम्म पहुँचलाई अधिक सजिलो बनाइएको छ । ताकि आतंकवादी हिंसा हुने सम्भावित मामिलामा मानिसहरुले आफ्नो रक्षा गर्न सकुन् ।
क्यान्सस अब जर्जिया र अन्य त्यस्ता राज्यको सूचीमा समावेश भएको छ जसले विद्यार्थी र प्राध्यापकहरुलाई कलेज परिसरमा बन्दुक लिएर आउने अनुमति दिएको छ । क्यालिफोर्निया र साउथ क्यालिफोर्निया भने ति १६ राज्यमा पर्छन् जहाँ यसमाथि प्रतिबन्ध लगाइएको छ ।
कलेजमा बन्दुक लिएर आउने अनुमति दिएकोमा केही प्राध्यापकले भने चिन्ता व्यक्त गरेका छन् । क्यान्सस स्टेट युनिभर्सिटीमा अङ्ग्रेजीका प्रोफेसर फिलिप नेलले भने, ‘म कुनै अन्य जागिरको खोजीमा छु । म बन्दुक लिएर आउने विद्यार्थीहरुलाई पढाउन सक्दिन किनभने यो पागलपन हो ।’