चीनसगँ टकराव लिनु भारतको लागि महंगो हुन्छः राहुल वेदी

चीनसगँ टकराव लिनु भारतको लागि महंगो हुन्छः राहुल वेदी

  • शुक्रबार, असार १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी असार १६ । भारतका रक्षा विषेशज्ञ राहुल बेदीले चीनसगँ सैन्य टकरावको चेतावनी दिनु या टकराव लिनु भारतको लागि महंगो सावित हुन सक्ने चेतावनी दिएका छन् ।
विविसीसगँ कुरा गर्दै वेदीले रक्षा मन्त्री अरुण जेट्लीले सन् १९६२ मा जस्तो भारत नरहेको भन्दै चीनसगँ लड्न सक्ने चेतावनी दिए पछि उनको यो टिप्पणी आएको हो ।
भुटानसगँ जोडिएको भुभागमा चीनीया क्षेत्रमा भारतीय सेना घुसपैठ गरेर अतिक्रमण गरेपछि चीनले दिएको चेतावनीलाई लिएर भारतीय रक्षा मन्त्रीले त्यस्तो अभिव्यक्ति दिएका थिए ।
वेदीले १९६२ को भन्दा भारतको सैन्य क्षमता बढेको तर चीनको भन्दा धेरै पछि रहेकाले रक्षा मन्त्रीको अभिव्यक्तिको आधार के हो आफूले बुझ्न नसकेको बताए ।
चीनको तिव्वत र पुरै ईलाकामा रहेको आधारभुत सैन्य तथा भौतीक ढाचा मात्रै भारतको भन्दा सय प्रतिशत बढीरहेको उनको तर्क छ ।
रेल, हेलिप्याड, एयरफिल्ड बाट चीन आफ्नो अड्डामा जति बेला पनि पुग्न सक्ने तर भारतले सडक संरचना ७२ वटा बनाउने भने पनि अझै आठ दश वटा भन्दा नबनेकोमा चिन्ता व्यक्त पनि उनले गरे ।


चीनलाई धम्क्याउने भारतसगँ कुनै बलियो आधार छैन । चीनको तुलनामा हाम्रो क्षमता मामुली छ । विद्यमान विवाद समाधान गर्नु हिन्दुस्तानको हितमा हुन्छ वेदीले भनेका छन् ।
पाकिस्तानसगँ विवादीत क्षेत्रमा भारतले अझै पनि खच्चर मार्फत सेनाालाई सामाग्री उपलव्ध गराईरहेको छ जब कि चीनले नजिकै ४० टन सम्म बोकेर मालबाहक गाडी हिड्न सक्ने बाटो बनाईरेको छ ।
केही समय पहिले प्रकाशित रिपोर्ट अनुसार चीनले सो मार्गका लागि ३८ टनको टैंक परीक्षण गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी