असार १६ काठमाण्डौं । भूकम्पले धरहरा विनास गरे पछि मै बनाउछु मेरो धरहराका नाममा सरकारले जनता र सरकारी गैर सरकारी निकायहरुबाट ठूलो मात्रामा रकम संकलन गरीरहेको छ । तर विडम्बना धरहराकै नाममा करोडौं लुटपाट गरीरहेको छ एउटा निजी कम्पनी साईड वाकर्सले ।
काठमाडौँको चिनारी धरहरा महाभूकम्पमा पूर्ण रुपमा ध्वस्त भएपनि महानगरसंग लिजमा लिएका साइड वाकर कम्पनिले मासिक लाखौको आम्दानी गरीरहेको छ । तर उसले महानगरलाई कुनै रकम नबुझाएको देखिएको छ ।
२०५५ मा तत्कालिन मन्त्रि परिषदबाट निर्णय गररे महानगर पालिकाले धरहरा र यस्को क्षेत्र पाँच रोपनी दुइ आना तिन पैसा जग्गा सरकारकै स्वामित्वमा रहने गरि निजि कम्पनि साइड वाकरलाई प्रयोग ,उपभोग र संचालन गर्न भाडामा दिएको थियो ।
पछि यो निर्णय बिबादमा परि खारेज भयो । बि स २०६१ मा पुनः २० बर्ष को लागि महानगरले भाडामा संचालनमा गर्न कम्पनि लाई दियो । मासिक ६०,००० र( साठ्ठी हजार महानगरलाई दिने गरि समय सापेक्षे भुक्तानी रकम निर्धारण हुने गरि करार गरिएको थियो ) ।( स्मरण रहोस् ,सम्झौता हुदा मासिक ६०,००० तिर्नुपर्ने भएपनि अहिले बढेर मासिक ३,०२ ,५०० तिर्नुपनर्छ )
करार सम्झौता अनुसार १) सुन्धारामा पनिल्याउने र पोखरी को रुपमा जमेको पनिलाइ ढल निकाशको ब्येबस्था कम्पनिले गर्ने ,२) सार्बोजनिक सौचालय सहित संचार केन्द्र ,स्मारिका पसल ,भीमसेन थापाको सालिक मिर्मान गर्ने ,३) सम्झौता अवधि भर उचीत रंगरोगन ,कुनै कारण बस भत्के ,चर्केमा पुनर निर्माणको जिम्मा कम्पनिको नै रहने लगाएका सम्झौता भएका थिए तर भुकम्प बाट ढलेपछि धरहरा पुनर निर्माण गर्न मन्त्रि परिषद्को निर्णय बमोजिम सरकार आफै कामर कसेर लागिपरेको छ भने ,लिजमा लिएका साइड वाकर कम्पनिले महानगरलाई आफैले बनाउन पाउनु पर्ने भने पनि ,कसरि बनाउने भन्ने बारे कुनै ठोस प्रस्ताब नल्याउदा ,सरकारले आफै बनाउने भनेको धरहरा अहिले सम्म कागजी योजना र आकर्षक नक्सामा मात्र सिमित रहेको छ । धरहरा नबन्दा पनि खाली जग्गामा १३ वटा फेन्सी पसल सहित लाई भाडामा दिएर मासिक लाखौ आमदानी गरे पनि उसले महानगरलाई तिर्नु पर्ने मासिक ६० हजार भाडा समेत तिरेको छैन ।
महानगर पलिका राजश्व विभागले २०७२ चैत्र मसान्त पछिदेखिको गरि ४५ ,००,००० पैतालिस लाख बकौता रहेको र पटक पटक कम्पनिलाई ताकेता गर्दापनि कुनै जवाब नदिएको जानकारी हामीलाई महानगरले मिति २०७४ आसार ११ गते दिएको थियो । अचम्मको कुरा त हामीले यो बिषयमा बुझ्न जाँदाको तेश्रो दिन अर्थात ३/१३ मा नै साइड वाकरले १०,००,०००र( दश लाख भुक्तानी गरेको देखियो ।
एकातिर सरकारले तिन अर्ब खर्चेर धरहरा पुननिर्माण गर्ने भनेको छ, भने निजि कम्पनि आफुले गरेको सम्झौता अझै कायम रहेको भन्दै आफ्नो सम्झौता बाँकी अवधि बि स २०८१ सम्म (सम्झौता १२ बमोजिम भन्दै धरहरा बनाउन समेत अवरोध गरेर पैसा कमाउने दाउमा साईड वाकर लागेको कर्मचारी स्रोतले जनाएको छ ।
सुचना दिन नै आनाकानी गर्छ महानगर !
महानगर पालिका रहेको बागदरवार भन्दा दुइ मिनेटको दुरीमा रहेको धरहरा क्षेत्रमा भैरहेको लुटप्रति हाम्रो निगरानी शुरु भए पछि यस बारेमा हामीले करिब १ बर्ष अगाडी पनि यसै बिषयेमा प्रवक्ता ज्ञानेन्द्र कार्की संग बुझ्ने कोसिस गरेका थियौ ।
यस क्रममा कार्यालयमै भेटको क्रममा धरहरा को नक्साङ्कन प्राय सकिसकेकोले लिजमा लिएका साइड वाकर कम्पनिलाई सो जमिन खालि गर्न पत्राचार भैसकेको र अरु प्रक्रिया हुदै गरेको जानकारी पाएका थियौ तर लामो समय एउटा निजि कम्पनीले सरकारको स्वामित्व रहेको सो क्षेत्रलाई महानगरलाई कुनै रकम नतिरी मासिक लाखौ लाख खाई रहदा मिति २०७४ र३र १३ गते सुचना अधिकारी बसन्त आचार्यलाई यसका बारेमा सम्बन्धित कागजातहरु उपलव्ध गराउन सुचनाको हक अन्तर्गत लिखित निबेदन सहित माग्दा पटक पटक मोबाइलमा सम्पर्क गर्दा समेत यो समाचार लेखुन्जेल सम्म ति सुचनाहरु प्राप्त नहुदा जनताले सुसुचित हुनेमा बाधा पुगेको छ ।
सूचना दिन समेत आनाकानी गर्ने कर्मचारीहरुको व्यवहार प्रति नवनिर्वाचीत महानगरका पदाधीकारीहरुलाई अवगत गराईएको हाम्रा सवाददाताहरुले जनाएका छन् ।
(यो बारेमा हामि थप समाचार छिट्टै नै प्रकाशित गर्ने छौ । प्रतिक्षा गर्नुहोला )