वासिंटन, असार १६ ।
अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले जिम्मेवारी सम्हालेको पाँच महिनामै आगामी राष्ट्रपतीय निर्वाचनको तयारी शुरु गर्नुभएको छ ।
उहाँले यति चाँडै आगामी चुनावको तयारी गरेपछि त्यसको तिव्र विरोधसमेत शुरु भएको छ ।
राष्ट्रपति ट्रम्पले वासिंटनस्थित आफ्नो एक होटलमा सन् २०२० मा हुने चुनावका लागि सहयोग संकलन कार्यक्रम आयोजना गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सहभागी हुने हरेक व्यक्तिले ३५ हजार डलर सहयोग गर्नुपर्ने व्यवस्था गरिएको थियो, जहाँ तीन सयवटा कुर्सीको व्यवस्था गरिएको थियो ।
रिपब्लिकन अधिकारीले यो कार्यक्रमबाट एक करोड डलर सहयोग संकलन गर्ने लक्ष्य राखेका थिए ।
राष्ट्रपति ट्रम्पले आयोजना गरेको यो कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाईएको थियो ।
तर ट्रम्पले कार्यक्रम आयोजना गरेको होटल बाहिर पुगेर सर्वसाधारणले भने विरोध गरेका छन् ।