वार्तामै नबस्ने साउदी अरेबिया अभिब्यक्तिको कतारले दियो कडा जवाफ , अब साउदीले केगर्छ ?

वार्तामै नबस्ने साउदी अरेबिया अभिब्यक्तिको कतारले दियो कडा जवाफ , अब साउदीले केगर्छ ?

  • बिहिबार, असार १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

इस्तानबुल, १५ असार ।

खाडि मुलुकले लगाएकोे प्रतिबन्ध र नाकाबन्दी समाधानबारे साउदी अरेबियाले कतारसँग वार्ता नगर्ने भनी दिएको प्रतिक्रियाको कतारले कडा बिरोध गरेको छ ।

कुवेतको मध्यस्थतामा कतारको समस्या समाधानको लागि पछिल्लो पहलस्वरुप केही खाडि मुलुकले १३ बुँदे सर्त सहितको प्रस्ताव राखेका थिए

यी शर्तमध्ये साउदी अरेबियाले कतारको अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने शर्त अघि सारेको छ । यसका साथै अरु मागप्रति आफू सहमत हुन नसकेको भनी कतारले आफ्नो देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नु अन्तर्रा्ष्ट्रिय कानुन बिपरीत भएको धारणा राखेको थियो ।

उक्त सर्तकाबारे छलफलका लागी कुवेत लगायतले साउदी अरेबियालाई आग्रह गरेकोमा उसले अरेबियाले भने आफूले ती शर्तलाई कतारले पनि स्वागत नगरेकोले वार्तामा नै नबस्ने बताएको हो ।

उता कतारले भने यसरी वार्तामै नबस्ने भनी साउदी अ‍ेरिबयाले राखेको धारणा अतिवादी सोचबाट आएको बताएको छ । यस बारेमा उक्त गठबन्धनका अरु देशहरुको धारणा भने आएको छैन ।

उता टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्दोगानले पनि कतारमाथिको प्रतिबन्ध अन्तर्रा्ष्ट्रिय कानुन बिपरीत रहेको र त्यसलाई खुकुलो बनाउने निहूँमा राखिएका शर्तहरु पनि अवैधानिक भएका टिप्पणी गर्नुभएको थियो ।

कतारकाथि उसका छिमेकी गल्फ देशले नाकाबन्दी लगाएका छन् । कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतार माथि विभिन्न शर्त राखेका छन् ।

टर्कीले कतारको समर्थन गर्दै आएको छ । टर्कीको सरकारी समाचार समिति अनादोलुले राष्ट्रपति एर्दोगानलाई उद्धृतगर्दै भनेको छ– हामी कतारको साथमा छौँ, कतारले शर्त स्वीकार्य छैन भनी दिएको अभिव्यक्तिको हामी स्वागत गर्दछौँ ।

कतारमाथि यस्तो प्रतिबन्ध लागेको महिना दिन भएको छ । गल्फ सहितका छ वटा देशले कतारमाथि शर्त राखेका छन् र कुवेतले समस्या समाधानका लागि मध्यस्थता गरेको छ ।

ती शर्तहरुमा दोहामा रहेको टर्कीको सैनिक पोष्ट हटाउनुपर्ने पनि भनिएको छ । कतार त्यो शर्तमा पनि सहमत भएको छैन । कतारले आतङ्ककारीहरुलाई आश्रय र प्रश्रय दिएको आरोप मुस्लिम गल्फ देशहरुको रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी