चिनियाँ सेनाले चलायो भारतीय सेनाको बंकरमा डोजर, भारतीय सेना हेरेको हेर्‍यै

चिनियाँ सेनाले चलायो भारतीय सेनाको बंकरमा डोजर, भारतीय सेना हेरेको हेर्‍यै

  • बिहिबार, असार १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

सिक्किम, असार १५ । चिनियाँ सेनाले सीमा क्षेत्रमा भारतीय सेनाका बंकर भत्काएको छ ।अन्तर्राष्ट्रिय प्रावधान र दुई देशबीचको सहमति उल्लंघन गरी भारतीय पक्षबाट बनाइएका बंकर भत्काइएको चिनियाँ सेनाको भनाइ छ ।

विगत एक महिनाको अवधिमा चिनियाँ सेनाले चारवटा बंकर भत्काइसकेको छ । भत्काइएका पछिल्ला दुई बंकर चीन, भारत र भुटानबीचको त्रिकोणात्मक सीमा क्षेत्रमा रहेको बताइएको छ । यसअघि अन्य दुई बंकर चिनियाँ सेनाले भत्काएको थियो ।

समाचार एजेन्सीहरुका अनुसार चिनियाँ सेनाले यसअघि नै विवादित क्षेत्रबाट बंकर हटाउन आग्रह गरेको थियो । तर भारतीय सेनाले बंकर नहटाएपछि चिनियाँ सेनाले बल प्रयोग गरेर ती बंकर भत्काइदिएको हो ।

डोजरसहित आएका चिनियाँ सेनालाई रोक्न भारतीय सेनाले मानव साङ्लो बनाएका थिए । तर चिनियाँ सेनाले ठेलेर भारतीय सेनालाई हटाएपछि डोजर चलाएर बंकर भत्काइदिएको हो । चिनियाँ सेनाले भारतीय बंकर भत्काउँदा भारतीय सेनाको टोली मुकदर्शक बनेको बताइन्छ ।

भारतले सिक्किमसँग जोडिएको चिनियाँ सीमामा पुराना बंकर मर्मत र नयाँ बंकर बनाउने अभियान नै चलाएको थियो । अरुणाचलको केही हिस्सामा भारत र चीनले लामो समयदेखि विवाद गर्दै आएका छन् । भारत र चीनबीच करिब ४ हजार किलोमिटर सीमा क्षेत्रमा झण्डै आधा हिस्सामा सीमा विवाद छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी