छातीमा छोरी च्यापेर रिक्सा चलाउने पिताको मृत्यु :जन्मनासाथ आमा गुमाएकी बालीका भईन् टुहुरी !

छातीमा छोरी च्यापेर रिक्सा चलाउने पिताको मृत्यु :जन्मनासाथ आमा गुमाएकी बालीका भईन् टुहुरी !

  • बिहिबार, असार १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

राजस्थान, असार १५ ।
दैब पनि कति निष्ठुरी १ धर्तीमा पहिलो पाईला टेकेको केहि समपछि नै आमा गुमाएकी नावालीकाले फेरी बाबु गुमाउन पुगिन् ।
पत्नी वियोगपछि काखे छोरीको पालनपोषणमा आफूलाई पूर्ण समर्पित गरेका एक पिता अन्तत छोरीलाई एक्लै छाडेर परलोक भए ।
भारतको राजस्थानस्थित भरतपुर सहरमा रिक्सा चलाएर मजदुरी गर्दै आएका बबलूले सन् २०१२ मा पत्नी वियोग सहनु र्पयो ।
छोरी जन्मिएको केही समयपछि नै पत्नीको निधन भएपछि छोरीको सम्पूर्ण जिम्मेवारी बबलूकै काँधमा आयो । परिवारमा अन्य सदस्य नभएको र दैनिक रिक्सा चलाएर गुजारा गर्नुपर्ने बाध्यताका कारण उनका सामू समस्याको पहाड नै खडा भएको थियो ।

‘छोरीमा मैले आफ्नी पत्नीको अंश महसुस गरेँ,’ त्यतिबेला बबलूले संचारकर्मीको जिज्ञासामा भनेका थिए, ‘घरमा रेखरेख गर्ने कोही छैन, त्यसैले छोरीलाई आफूसँगै लिएर रिक्सा चलाउँछु ।’

बीबीसीले बबलूको मार्मिक कथा प्रकाशमा ल्याएपछि सहयोगी हातहरु जुट्न थाले । करिब १८ लाख भारतीय रुपैयाँ उनलाई सहयोगस्वरुप प्राप्त भयो । छोरीको रेखदेखका लागि एउटा समिति नै बन्यो । समितिबाट नै हाल उनको रेखदेख भइरहेको छ ।

तर त्यति मेहनत र स्नेहका साथ हुर्काउने पितालाई भने ती छोरीले गुमाउनु परेको छ । जन्मनासाथ आमा गुमाएकी उनले पाँच वर्षको कलिलो उमेरमा पिता पनि गुमाउनु परेको छ । बबलूको मंगलबार रहस्यमय निधन भएको छ । उनी सुतेकै ठाउँमा मृत पाइएको बताइएको छ ।
जन्मनासाथ आमा गुमाएकी उनले पाँच वर्षको कलिलो उमेरमा पिता पनि गुमाउनु परेको छ ।
बबलूको मंगलबार रहस्यमय निधन भएको छ । उनी सुतेकै ठाउँमा मृत पाइएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी