मलेसियाबाट २८ नेपाली स्वदेश फिर्ता (नामावली सहित)

मलेसियाबाट २८ नेपाली स्वदेश फिर्ता (नामावली सहित)

  • सोमवार, असार ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौ ,६ असार ।

मलेसियाको पिनाङगस्थित घरफिर्ति केन्द्रमा अलपत्र परेका २८ नेपाली युवा नेपाल फर्किएका छन् ।   हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका २८ नेपालीलाई क्वालालामपुरस्थित नेपाली राजदूतावासले नेपाल पठाइएको छ । नेपाली दूतावासको टोलीले एक साता अघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो ।

दूतावासका अनुसार क्वालालम्पुरमा अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रहनेछ ।

दूतावासका अनुसार शङ्खलाल गोले (पर्सा), मनिराम बेङ्गासी (धनुषा), सञ्जयकुमार नेपाली (सर्लाही), सनम लिम्बू (धनकुटा), दीपेश लिम्बू र राजकुमार राई (सुनसरी), सन्तोष अधिकारी (कपिलवस्तु), मुकेशराज यादव (रौतहट), मनोजकुमार नेपाली (सिन्धुली), मनबहादुर तामाङ (काभ्रेपलान्चोक), खड्का लिम्बू (ताप्लेजुङ), निकेश कार्की (काठमाडौँ), विवश राई (खोटाङ), मीनप्रसाद डोटेल (काभ्रेपलान्चोक) र सुदीप तामाङ (चितवन) लाई नेपाल फकाईएको छ ।

यस्तै सञ्जय मल्ल र दीपेन्द्रकुमार भण्डारी (रुकुम), राजअलि शाही (बाँके) जितनारायण यादव (सिरहा), इन्द्रबहादुर सार्की (गुल्मी), सन्चबहादुर लिम्बू (ताप्लेजुङ), गर्जेन्द्र घर्ती मगर (रोल्पा), टेकबहादुर राप्चा (ओखलढुङ्गा), गुलाब चौधरी (सुनसरी), भरतबहादुर बुढा मगर (दाङ), विदुर कार्की (झापा) र सञ्जीव बैजु (मकवानपुर)लाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी