कब्जा घरजग्गा बिक्रीवितरण नगर्न चेतावनी दिदै नेकपा भन्यो , घिसिङले सर्वसाधारणलाई भ्रममा पार्न खोजे

कब्जा घरजग्गा बिक्रीवितरण नगर्न चेतावनी दिदै नेकपा भन्यो , घिसिङले सर्वसाधारणलाई भ्रममा पार्न खोजे

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

१ असार,रामेछाप । कब्जा घरजग्गा बिक्री गर्न खोजिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ । स्थानीय भूमाफियले सार्वजनिक जग्गा हडपेर बनाएको भन्दै कब्वा घरसहित जग्गा बेच्न लागेपछि नेकपा रामेछापले आपत्ति जनाएको हो ।

माओवादी केन्द्रका स्थानीय नेता समेत रहेका सुना गाउँपालिका–२ दिमीपोखरीका मोहन घिसिङले खाँडादेवी गाउँपालिका–७ स्थित बतासे डाँडामा ४० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेर पक्की घर बनाएका छन् ।

ग्रामीण सडक सन्जाल जोडिएका बतासे डाँडामा घिसिङले दलाली गरेर आफ्नो नाममा पारेर घर बनाएको भन्दै जोगाउन स्थानीय हारगुहार गरेपछि नेकपाले जिल्ला नेतृत्वसहित गएको टोलीले जेठ २८ गते पार्टीको ब्यानर र झण्डा गाडेर कब्जा गरेको थियो ।

यही घरजग्गालाई घिसिङले दोस्रो व्यक्तिलाई महंगो मूल्यमा बिक्री गर्न खोजेपछि नेकपा रामेछापले आपत्ति जनाएको हो । घिसिङ सार्वजनिक जग्गा हडप्ने, सर्वसाधारणसँग सस्तोमा मूल्यमा जग्गा किन्ने र नीजि मोटर बाटो जोडेर लोभम पारेर महंगोमा बिक्री गर्दै आइरहेका व्यक्ति हुन् ।

पार्टीले कब्जा गरेको घरजग्गा गरेको बिक्री वितरण गर्न रोक लगाएको भन्दै नेकपा रामेछापका सेक्रेटरी अभिलाषाले उक्त कदम तत्काल बन्द गर्न चेतावनी दिए । सेक्रेटरी अभिलाषाले पार्टीले कब्जा गरेको घरजग्गा मोहन घिसिङको नभई सार्वजनिक जग्गा भएको बताए ।

‘त्यहाँ उनले दलाली गरेर निजी बनाउने उद्देश्यले घर बनाएका हुन् । सार्वजनिक सम्पत्ति हडप्ने र लुट्ने अधिकार कसैलाई छैन । कब्जा गरिएको घर र जग्गा कसैले बिक्री वितरण गर्न खोजिए त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी स्वयम् हुनुपर्नेछ । यो चेतावनी दिन चाहन्छौं’ अभिलाषाले भने । कब्जा घर र जग्गा फिर्ता नहुने पनि प्रस्ट पारे ।

सामाजिक अपराधलाई छोप्न केही मान्छे बटुलेर ‘पत्रकार सम्मेलन’मार्फत माफिया घिसिङले स्वार्थबस गलत जानकारी संचारमाध्यमलाई दिएर सर्वसाधारण र संचारकर्मीलाई समेत यथार्थप्रति दिग्भ्रमित बनाउने खोजिएको भन्दै सेक्रेटरी अभिलाषाले आपत्ति जनाए ।
घिसिङलाई जिल्लामा सर्वसाधारणका छोराछोरीसँग वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठूलो रकम उठाएर ठगी गरेको आरोप लगाइएको छ । साथै, उनले जनयुद्धकालमा पार्टीको नाममा लाखौं रकम चन्दा उठाई व्यक्तिगत रुपमा प्रयोग गरी आर्थिक दुरुपयोग गरेको आरोप कब्जा गर्दाबखत् वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ । घिसिङले जनयुद्धमा हिनामिना गरेको पैसाले भक्तपुरको नयाँ ठिमीमा घर बनाएको स्थानीय बताउँछन् ।

घरजग्गा कब्जा गर्नुका कारणहरुमा १. तोकिएकोभन्दा ३ रोपनी जग्गा अतिक्रमण गरेको, २. सर्वसाधारणको जग्गा ललाईफकाई सस्तो मूल्यमा लिई महंगोमा बिक्री गरेको, ३. वैदेशिक रोजगारमा पठाउने नाममा सर्वसाधारणसँग मोटो रकम असुलेको र ४. युद्धकालमा पार्टीको नाममा अकुत सम्पत्ति जफत गरी व्यक्तिगत रुपमा दुरुपयोग गरेको औल्याइएको छ ।

यस कर्ममा उनलाई जेठो छोरा टलक घिसिङले साथ दिँदै आएको बताइन्छ । टलक ३/४ वर्षदेखि नयाँ बानेश्वरमा शैलुङ इन्स्टिच्युट नामक ल्याङग्वेज सेन्टर चलाइरहेका छन् । इन्स्टिच्युटले जापानीज भाषा मात्रा सिकाउने अख्तियारी पाएपनि थुप्रै नेपाली विद्यार्थीलाइ अध्यायन भिसामा जापान पठाउँदै आइरहेको कार्यालय स्रोतले बताएको छ । यहाँबाट जानेहरुलाई अध्ययन गर्न भनिए पनि सबैलाई काम गर्ने प्रलोभनमा मोटो रकम असुलेर जापान पठाउने गरिएको बताइएको छ ।

यसै प्रयोजनका लागि बाबुले खाँडादेवी र आसपास क्षेत्रका युवायुवती बटुल्ने र तिनीहरुसँग पहिल्यै लाखौं रुपैयाँ रकम असुल्ने धन्दालाई पनि घिसिङले कर्म बनाउँदै आइरहेको बताइन्छ । जापान पठाउन नसकेर धेरै जनालाइ पीडित बनाइएको र पैसा फिर्ता गर्न पनि अानाकानी गर्दै अाइरहेको स्थानीय बताउँछन् । टलक माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य पनि हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ