बाबुरामले लगाए प्रभाकरबिरुद्ध गम्भीर आरोप, दुई नेतामा को राष्ट्रवादी ?

बाबुरामले लगाए प्रभाकरबिरुद्ध गम्भीर आरोप, दुई नेतामा को राष्ट्रवादी ?

  • शुक्रबार, जेष्ठ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

२६ जेठ,कामठाडौँ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सरकारले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिएर नेपाली र नेपाली जनताको चाहना विपरित कार्य गरेको बताएका छन् ।

संयोजक भट्टराईले काठमाडौँमा विहीबार पत्रकार सम्मेलन नै गरेर सरकार छोड्नै लाग्दा सरकारले प्रतिस्पर्धा नगराएरै बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिएर राष्ट्रिय भावनामा ठेस पुर्याएको बताएका छन् । उनले राष्ट्रिय महत्वको विषयलाई सरकारले विनाप्रतिश्पर्धा सो कम्पनिलाई दिएर नेपालीहरुको आफै बिकास गर्ने चाहानामाथि कुठाराघात गरेको आरोप समेत लगाए ।

यसअघिको सरकारका ऊर्जामन्त्री प्रभाकरले खराब नियतका साथ बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिएको बताउँदै संयोजक भट्टराईले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराको उल्टो भएको दाबी गरे । उनले गोरखा र धादिङका जनताहरू सेयर राख्न पाउने अधिकारबाट बञ्चित हुनुपर्ने आशङ्का पनि उब्जाउँदै बताए ।

संयोजक भट्टराईले संसदमा रहेका केही प्रमुख दल र नेताहरुको मिलेमतोमा भ्रष्टाचार गरेर राष्ट्रहित विपरित बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिएको भन्दै त्रुटी सच्याएर आयोजना नेपालीले नै बनाउनु पर्नेमा जोड दिए । उनले चिनियाँ ठेकेदार कम्पनीहरुले साना अायोजन त समयमै सम्पन्न गर्न सकेको अवस्थामा ठूला अायोजना पूरा गर्नेमा शंका गरेका छन् ।

तत्कालिन ऊर्जामन्त्री प्रभाकरले मन्त्रालयबाट बिदा भएकै दिन प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा बालुवाटारमा बुढीगण्डकी आयोजना चीनको गेजुवा कम्पनीसँग निर्माणको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भारतसँग विप्पा सम्झौता गरेको र विमानस्थल भारतलाई नै दिन खोजेको भन्दै चर्को विरोध भएको थियो । अाफूमाथि लागेको अारोप पखाल्न बाबुरामले यो अारोप लगाएका हुन् वा बुढीगण्डकीका राष्ट्रघात नै भएको छ भन्ने कुरा समयले देखाउला नै ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ