मलेसियामा यसरी लुटिन्छन एयरर्पोर्ट भित्रै नेपाली मैले जे देँखे

मलेसियामा यसरी लुटिन्छन एयरर्पोर्ट भित्रै नेपाली मैले जे देँखे

नेपाली जन प्रगतिशील मन्च मलेसियाका सदस्य रमेश मल्लको भोगाइ

  • बिहिबार, जेष्ठ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

रमेश मल्ल

मिति २०१७ जुन ८ म मलेशिया को जोहोर बाट रोजगारी को सिल सिलामा मलेशिया आइ आफ्नो कार्यकाल पूरा गरि स्वोदेश फर्किन लाग्नु भएका १८ जना भाइ हरु लाई मलेशियाको अन्तरास्ट्रिय विमान स्थल सम्म छोड्न भनी आएको थिँए । हामी बस बाट बिहान ४ बजे तिर विमान स्थल पुगेर बोर्डिङ्ग पास को लागि सबै भाइ हरु लाई लिएर नेपाल वायु सेवा निगमको काउन्टर तर्फ जान को लागि लिफ्ट चड्नु पर्ने भएकोले ४,४ जना गरि भाइ हरु लाई पाँच तलामा निस्केर बस्नु भनी म आफू तल बसेर पठाउने काम गरेँ जब म माथी पुगे त्यहा भाइ हरु थिएनन् । उनिहरु लाई एउटा मलेशियन नागरिकले सामान जोख्नु पर्छ भनी अन्तै लग्दै गरेको रहे छ । मैले तुरुन्त त्याहाँ पुगि सबै लाई फर्काएर नेपाल वायु सेवा निगमको काउन्टर तर्फ लिएर गए अनि सबै लाई नेपाल वायु सेवा को काउन्टर अगाडि लाइनमा बसेका अन्य नेपाली साथी को पछि क्रम बद्द गरि लाइनमा बसाए ।
बिहान करिब ४ः३० बजे तिर ३ जना नेपाली हरु हामी भए तिर आएर सोधे यहाँ समान जोखेको पनि पैसा लिन्छ र मैले भने लिदैन अनि उनी हरु भने हामी लाई त समान जोख्ने भनेर जनही आर एम १००को दरले लियो भनेपछि बल्ल मलाइ पनि थाह भयो त्यहा चोर लाग्दा रहेछन् । त्यसकोे १० मिनेट पछि एउटा मलेसियनले एक जना नेपाली लाई लिएर आयो मैले सोचे त्यो उक्त नेपाल वायु सेवा निगम कम्पनी को मान्छे होला तर त्यो हामी भएको छेउ मा आएर बोर्डिङ्ग पास लियौ कि नाइ?नत्र म सङ्ग आउ म बनाइदिन्छु भनेर भन्यो त्यसपछि मैले पर्दैन भनेर त्यसलाइ फर्काए तर उसले सँगै लियर आएको नेपाली लाई इलेट्रोनिक टिकेट लिने मेसिन मा लगेर मलेशियन रिङिट १०० लिएर भागे छ । पछि त्यो नेपाली मलाइ लुट्यो भनेर आए हामी सबै हेरेको हेरै भयौ त्यसको केही बेर पछि फेरि अर्को २ नेपाली ठगिए । हामी लाई कहिले काउन्टर खुला होला र अगाडि बाडौला भन्ने लागि रहेको थियो ।
बिहान ६ बजे काउन्टर खुल्ला भयो र लाइन अगडी बड्दै थियो ठिक त्यही बेला फेरि २ जना मलेशियन नागरिकहरु आएर बोर्डिङ्ग पास लिन हिड भन्दै थिए । तर मैले प्रतिबाद गरे र मैले पुराउन लगेका भाइ हरु लाई जान दिइन उनी हरु म सगँ केही बेर बिबाद गरे र मैले अब पुलिस लाई कम्प्लेन गर्छु भने र उनी हरु अर्को ग्रुप तर्फ लागे म सच्चै नै पुलिस खोज्दै हिडे तर त्याहा एउटा पनि पुलिस थिएनन। पुलिस थिए त मात्र काउन्टर को अगाडि समान चेक जाँच को लागि म तेतै जाने सुर गरे तेसै बेला हामी भन्दा केही पर सामन को ट्रली सङ्गै बसेका ४ जना नेपाली लाई उनी हरु ले उठाए अनि टिकेट मागे मलेशिया मा मैले नेपाली को बानी के देखेको छु भने दारु खाए पछि र नेपाली नेपाली सङ्ग मात्रै बाघ हुने कम से कम त्यो मलेशियनले किन टिकेट माग्दैछ?भनेर सोध्न सम्म हिम्मत गरेनन र नतिजा यो भयो कि उनी हरु ४ जना लाई त्यहा बाट अन्यत्र लान थाले म यो देख्न सकिन र पछि लागे र अन्तिम को नेपाली लाई किन यता गएको काउन्टर उता हो अब तपाईं हरु लुटिनु हुन्छ है भने तर त्यसै बेला अरु २ जना मलेशियन नागरिकहरु आएर मलाइ च्याप समाते मैले त्यहा क्लिनर गर्ने र ट्रली मिलाउने नेपाली हरु लाई सहयोग को लागि बोलाए तर नेपाली न हुन नाम मात्र को गोर्खा्लि मलाइ उनी हरु ले धेरै बेर समातेनन उनी हरु को उद्देश्य मलाइ त्यहा हात पात गर्नु नभै त्यो ४ जना नेपाली लाई म बाट टाडा लानु रैछ । उनी हरु मलाइ छोडेर उतै लागे म त्यहा बाट सिधै नेपाल वायु सेवा को काउन्टर मा पुगे अनि त्यहा एक जना नेपाली हुनु हुन्थियो सायद नेपाल वायु सेवा को मलेसिया को कन्ट्री मेनेजर वा तेस्तै केही हुनु हुन्छ होला मैले उहाँ लाई यो कुरा अबगत गराए अनि तुरुन्तै त्यहा को पुलिस लाई भनेर ती चोर हरु समात्नु परेओ भनी अनुरोध गरे तर ब्यर्थ मैले बिर्सेको रैछु कि उहाँ पनि नेपाली हो भनेर उल्टै उहाँ ले मलाइ यो त आज मात्र हैन सधै एस्तै हो भन्नू भयो म छक्क परे अनि सोधे रोक्न लाई रिपोर्ट गर्नु भएनत जवाफ मा उहाँ भन्नू भो मैले धेरै पटक रिपोर्ट गरे तर परिणाम झन बडेको छ ।
त्यस पछि मा निराश भई फर्केर म सङ्ग गएको भाइ भएतिर लागे र पागल जस्तो त्यहाँ लाइन लागेका नेपाली सगँ कराउदै थिए त्यतिकै कर्मचारी परिचए पत्र नहेरी कसैले बोलाउदैमा नजानु होस् । त्यतिकै मा लाइन बाट निस्केर अर्को एक जना म भए तिर आएर भने दाइ मेरो पनि आर एम,१५० लगिदियो ।
म एक मन त्यसलाई गाली गरु जस्तो लाग्यो फेरि अर्को मनले टिठ पनि लाग्यो बिचरा दुख गरेर कमाको पैसा घर जाने बेलामा लुटिदा म चुप चाप उसलाइ हेरि रहे अनि उस्लाइ लाइन नछोडी बस्न भने मेरो नजर अन्तिम सम्म पनि त्यो ४ जना नेपाली खोज्दै थियो तर देखिन सायद म फर्के पछि गए होलान?
म यो घटना आफ्नै आखाले देखेर भोगी सके पछी भन्छु मलेसियामा खोलिएको नेपाली दूतावास केका लागि ?के नेपाली दूतावासलाई आउने कामदार र जाने कामदारको अबस्था बारे जानकारी नै नभएको हो ?एन आर एनए नामको सस्था के नेपाली ठग्न दलाल र चोर हरुलाइ लुकाउन मात्रै बनायको ?यदि हैन सबै जानकारी हुदा हुँदै यो अवस्था कहिले सम्म भोग्नुपर्न ?
मेरो अनुरोध नेपाल सरकार लाई तुरुन्तै एक टोलि अनुसन्धान र बुझन को लागि मलेसियाको एयरपोर्ट सम्म आउनु पर्यो यहाको प्रसासन सङ छलफल गरि नेपाली लाइ यो दर्दानाक स्थिति बाट मुक्ति दिलाउन पहल गर्नु पर्यो ।यो पिडा र गुनासो मेरो मात्रै नभै यहा कार्यरत लाखौ नेपाली हो ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ