धनाढ्यको सूचीमा चार स्थान माथि उक्लिदै १०१ औ स्थानमा शेष घले दम्पत्ति

धनाढ्यको सूचीमा चार स्थान माथि उक्लिदै १०१ औ स्थानमा शेष घले दम्पत्ति

  • शुक्रबार, जेष्ठ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं ,१२ जेठ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उहाँकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा चार स्थान माथि उक्लदै १०१ औं स्थानमा पुग्नुभएको छ ।

सन् २०१६ मा सूचीको १०५ औं स्थानमा रहेका घले दम्पत्ति यो वर्ष १०१ स्थानमा उक्लनुभएको हो ।
म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सन् २०१७ का धनाढ्यहरुको सूचीमा नेपाली मूलका घले दम्पत्तिले सम्पत्ति र सूची दुवैमा सुधार गर्नुभएको हो ।

अघिल्लो वर्ष उनीहरुको कुल सम्पत्ति ५८ करोड ६० लाख डलर रहेकोमा यो वर्ष झण्डै १० प्रतिशत बृद्धि गर्दै ६४ करोड ७० लाख डलर र्पुयाएको धनाड्यहरुको सूची प्रकाशन गर्दै आएको फाइनान्सियल रिभ्यू म्यागेजिनले जनाएको छ ।

एमआइटी ग्रुप होल्डिङमार्फत् शिक्षा र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका घले दम्पत्तिले संयुक्तरुपमा स्थापना गरेको मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआइटी)मा बिभिन्न देशका करिव ३ हजार ५ सय विदेशी विद्यार्थी अध्ययनरत छन् ।

यसैगरी एमआइटी होल्डिङमार्फत् उहाँहरुको रियल स्टेट तथा होटलमा लगानी छ भने मेलवर्न र सिड्नीका केही महत्वपूर्ण भवनमा स्वामित्व छ ।

सन् २०१३ यता बिश्वभर छरिएका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ(एनआरएनए)को नेतृत्व गरिरहेका घलेले नेपालमा पनि लगानी गसररहनुभएको छ ।
उहाँको लगानीमा काठमाण्डौमा शेराटन होटल निर्माण भइरहेको छ जसको लागत झण्डै १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने गरी घले दम्पतिले गत वर्षमात्रै घोषणा गरेको एक अर्ब रुपैयाँको कोष नेपालको अहिलेसम्मकै ठूलो निजी क्षेत्रको परोपकारी कोष हो ।

उहाँहरु सन् १९९० को दशकमा विद्यार्थीका रुपमा अष्ट्रेलिया प्रवेश गर्नुभएको थियो।

७० भन्दा धेरै देशमा सञ्जाल रहेको गैरआवासीय नेपाली संघका अध्यक्ष रहेका घलेले सो संस्थामार्फत् नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्रियतापूर्वक काम गरिरहनुभएको छ ।
घले दम्पतिले भूकम्पपीडितका लागि एनआरएनए मार्फत् गोर्खाको लाप्राकमा नमूना वस्ती निर्माणको नेतृत्व गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ