मिर्मिरे सम्बाददाता /काठमाण्डौ ,३० वैशाख ।
ललितपुर महानगरपालिकास्थित वडा नं. २३ मा यतिबेला एमालेको चुनावी प्रचार भड्काउरो भईरहेको छ । आफू हार्ने भएपछि पैशा समेत दिन पछि नपर्ने एमाले वडा उमेद्धवारको भाइले खर्च दिन पछि नर्पे र बल प्रयोग समेत गर्ने बताउदै हिडेका छन् ।
सुमेरु हस्पिटलका संचालक अध्यक्ष समेत रहेका भरत महर्जनले आफ्नो दाजु भुयुकाजी महर्जनलाई जिताउन जस्तो सुकै साम , दाम, दण्ड र भेदको नीति लिने बताउदै आएको स्थानीयबासीको भनाई रहेको छ । यस विषयले स्वस्थ्य क्षेत्रमा सबै नागरिकहरुको मन जित्न सफल भएका सुमेरु हस्पिटलले आगामी दिनमा एमाले हस्पिटल हुने र उपचारमा पनि विभेद हुने खतरा रहेको बताईएको छ । नीजि क्षेत्रकै हस्पिटल भएपनि सेवा प्रबाहमा त निश्पक्ष रहनु पर्ने र निर्वाचनमा संचालक अध्यक्ष नै प्रत्यक्ष भोट माग्दै र एमालेलाई जिताउन जस्तो पनि हत्कण्ड अपनाउनु सक्ने अभिव्यक्तिले निश्पक्षतामा माथी प्रश्न उठ्न थालेको पाईन्छ ।
उता २३ नं. वडाको उमेद्धवार भुयुकाजी महर्जनले भने आफ्नो पार्टिको नेताबाट टिकट नै किनेर ल्याएको र त्यसरीनै भोट पनि किनेर चुनाव जित्ने हल्ला आफै फैल्याउदै हिडेको नेपाली कांग्रेस थापाखेलका एक नेताले नाम नबताउने शर्तमा मिर्मिरे अनलाईनलाई जानकारी दिए । यस्तै नेपाली कांग्रेको जिल्लास्तरका नेता लाई पनि मोटो रकम दिएर कमजोर उमेद्धवारी दिन लगाएको खुलासा भएको छ । यस विषयमा एमाले नेता भुयुकाजी महर्जनको पैशा खाएर हामीले हुन्न भनेको सोझो उमेद्धवार उठ्न लगाएकोमा भने नेपाली कांग्रेस थापाखेलमा समेत आफ्नो नेताहरुको चर्काे आलोचना भएको छ ।
भुयुकाजीलाई जिताउन हस्पिटल संचालक अध्यक्ष भरत महर्जनले प्रमुख प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका उमेद्धवार राजेश महर्जन र धापाखेल पार्टिलाई मोटो रकम फ्यालीदिने तर अवको दिन चुपचाप बस्नु पर्ने शर्त अगाडी सारिएको स्रोतको दावी रहेको छ । तर आफ्नो जीत निश्चीत रहेको कारण त्यति सजिलै माओवादी केन्द्रको उमेद्धवार राजेश महर्जन र धापाखेल पार्टि कमिटीले पैशामा बिक्न नसक्ने स्थानीय बासीको अनुमान रहेको छ ।