सुसान आचार्य /युएइ ।
वैदेशिक रोजगारीका लागि कतार गयका १७ जना नेपाली कम्पनीले बिगत चार महिना देखि तलब नदिय पछी बिचल्लीमा परेका छन ।
काठमाडौमा रहेको sky-way र बिर्तामोडमा रहेको Birad Associates P Ltd बाट नौ महिना अघि कतारको दोहा स्थित बेस्ट सिटी (BR)trading contracting W.L.L कम्पनीमा अपरेटर काममा लागि गयका नेपाली कामदार लाई कम्पनीले चार महिना देखि तलब नदिय पछी आफुहरु बिचल्लीमा परेको जानकारी पीडित मध्यका एक नरेस परियारले फोन सम्पर्क मार्फत बतायका छन ।
नेपाल बाट जनही ७०हजार रुपैया लियर राम्रो काम र राम्रो कमाइ भन्दै मेनपावरले झुक्याएर सप्लायर्स कम्पनीमा हाल्दिय पछि कम्पनीले सुरुदेखि नै आफुहरुलाइ वास्ता नगरेको र लेबर कोर्ट मा गयर उजुरी हाल्दा समेत सुनवाइ नभय पछी आफुहरुले सिधा कुरा जनता सङ नामक कार्यक्रममा टेलिभिजन बाट नै आफ्नो समस्या राख्दा समेत कतैबाट केहि सहयोग नमिले पछी अत्यन्तै पिडामा रहनु परेको जानकारी परियारले दियका छन ।
यस्तै उनका अनुसार २० जना अलपत्र परेको मध्य ३ जनाले नेपाल बाट पैसा झिकायर फर्कन सफल भय पनि आफुहरुले काम गरेको पारिस्रमिक नै नपायको र पासपोर्ट समेत मालिक मै हातमा रहेको हुदा फर्कन नसकेको बतायका छन ।
यस्तै अदालतमा उजुरी हाले पछी कम्पनिले तलब समयमा दिने सहमति गरे पनि हाल मालिकनै सम्पर्क बिहिन भयपछी आफुहरुलाइ खान खाने पैसा समेत नभएको भन्दै आफुहरुलाइ दूतावास मार्फत नेपाल फर्काउन र आफुले काम गरेको तलब दिलाउन पहल गरिदिन कतार स्थित विभिन्न सघ सङठन र नेपाल सरकार लाई पीडितले अनुरोध गरेका छन ।
पीडित हरुमा :- १ कुमार लिम्बू -झापा २ सम्सेर लिम्बू -पक्थर ३ रबिन ब्ययल्कोती -मोरङ ४ सबिन गुरुङ -ईलाम ५ बिशाल थापा – ईलाम ६ काजी ब.सार्की -भोजपुर ७ गङगा राम खतिवडा -मोरङ ८ सन्जोक धिमाल-पाच्थर ९ तिलक गिरि – झापा १० फुर्तेन तामाङ -ईलाम ११ रितिक कुमार लिम्बु -ईलाम १२ अनिल तामाङ -पाक्थर १३ सुरेन्द्र सुहाङ्ग -पाक्थर १४ बिमल बिस्वकर्म -झापा १५ राजन खाती -झापा १६ मनि राज लिम्बु -झापा १७ शनि लिम्बु
बिचल्लीमा परेका नेपाली युवाकाे अपिल सुन्नुहाेस ।


