ठगी आरोपमा एमाले नेता परशुराम मिश्र साउदीमा पक्राउ

ठगी आरोपमा एमाले नेता परशुराम मिश्र साउदीमा पक्राउ

  • शनिबार, बैशाख २, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

सुसान आचार्य/युएइ।
नेकपा एमाले निकट प्रबासी मन्च साउदिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष परशुराम मिश्र मजदुर ठगी आरोपमा साउदीमा पक्राउ परेका छन ।
लामो समय देखि साउदी अरबको रियाद मा कार्यरत तनहु स्थाई ठेगाना भई हाल चितवन निबासी परशुराम मिश्रले आममाफी को समयमा नेपालीहरु बाट मोटो रकम लिई नेपाल पठाई दिन्छु भन्दै ठगि गरिरहदा माओवादी केन्द्र निकट जन प्रगतिशील मन्च साउदिले विशेष सुचनाको आधारमा खोजी गरि नेपाली दूतावासको जिम्मा लगायको जानकारी मंचका केन्द्रिय सदस्य युवराज पौडेलले दियका छन ।
साउदी सरकारले अबैधानिक रूपमा कार्यरत आप्रवासी कामदार लाई स्वदेश फर्कन निर्बाध रूपमा पाउने गरि केहि दिन अघिबाट सुरु गरेको आममाफीको सम्पूर्ण प्रक्रिया निशुल्क तथा दुताबास लगायत संघ,संस्था एबम सामाजिक अभियताहरु नेपालीहरुको सहयोगमा सजह फिर्ती हुन पाउने अबस्थामा मिश्रले पीडित नेपाली श्रमिकबाट नै रकम ठगी गरेको हुदा प्रक्रिया प्रति नै पीडित हरुले सङ्खा गर्न थालेको जानकारी पौडेलले दियका छन ।

यस्तै नेपालि राजदुताबास साउदीको आधिकारिक फेसबुक पेज मार्फत जारि गरिएको बिज्ञप्तिमा ३ जना नेपालीहरु संग निज परशुराम मिश्र ले आममाफी को समयमा नेपाली नागरिकहरु पूर्णधन राई,राम थापा मगर र कमान सिंह थापा संग नेपाल पठाई दिन्छु भनि मोटो रकम ठगि गरेको उजुरीको बिषयमा जन प्रगतिशील मन्च साउदीको बिसेस पहलमा दुवै पक्ष लाई राजदुताबासमा बोलाई यथार्थ विवरण बुझ्दा मिश्र ले पीडित बाट रकम ठगि गरेको स्वीकार गरेकाले पिडितहरुको रकम असुल उपर गरी मिश्रलाई कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रहरीको जिम्मा लगाइएको जनाएको छ।

यस्तै पौडेलका अनुसार मिश्र लामो समय देखि समाजसेवाको आडमा दुताबास सम्म पहुच बनाउदै खेलकुद प्रतियोगता देखि विभिन्न कार्यक्रमको आयोजनामा निकै सक्रियताका साथ लाग्ने गरेका भय पनि खेलकुद प्रतियोगिता र सो को आधारमा हुने सम्बन्ध र सो प्रयोग गरि नेपालमा पहेलो धातु को अबैध तस्करी,हुण्डी लगायत को गलत कार्यमा समेत संलग्न हुँदै आयको रहस्य खुल्न थालेको बतायका छन।
यस्तै एनए मिडिया का प्रधान सम्पादक श्री कृष्ण श्रेष्ठ ले सो प्रकरण समन्धमा नेपाली दुताबासका का.वा राजदुत आनन्द शर्मा संग टेलीफोन बार्ता गरेका थिए भने बार्तामा शर्मा ले निज मिश्र दुताबास को गेट सम्म आएका सेवाग्राहीहरु समेत लाई अनर्गल कुरा लगाई आफ्नो जालमा पार्ने गरेको र ति नेपालीहरु लाई झुटो कुरा बनाई छिट्टो नेपाल जाने लोभ देखाई पैसा माग्ने गरेको जानकारी गरायका छन ।
उजुरी परेका मध्य ३ जना संग २५००/२५००/१८०० साउदी रियल लिई सकेको र अझै थप ६३०० रकम लाग्ने भनि रकम बार्गेनिग गरि रहदा पीडित लाई रकम निकाल्न अप्ठ्यारो परेको भनी मन्च साउदिका केन्द्रिय सल्लाहकार गणेश घटानी को सम्पर्कमा आएका र धटानीले विशेष पहल गर्दै पीडित र पिडक दुबैलाइ दूतावासमा उपस्थित गराइ बुझ्दा पिडकले उम्कने बहाना खोज्न थाले पछी बाध्य भयर प्रहरीको जिम्मा लगाउनु परेको पौडेलले बतायका छन ।
दुताबासले यसअघि नै मिश्र लाई बिगतका गल्ती हरुमा आन्तरिक सहमति बाट छुट दियको भय पनि मजदुर ठगीको स-प्रमाणमा कुनै माफी नमिल्ने भन्दै प्रहरी लाई आफैले बोलायको पौडेलले बतायका छन ।

उजुरी दिने युवा ।

उनका अनुसार मन्चको पहलमा भएको यसकार्य प्रति नेपाली दूतावास साउदिले खुलेर प्रसंशा गरेको र समाजसेवाको ट्याग भिरेर दलाली गर्न हरुसङ सजक रहन सबैलाई अनुरोध समेत गरेको बतायका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी