दुबै मृगौला फेल भएकी पूर्व लडाकु मुनाको अपिल , कृपया मलाई बचाउनुहोस् !

दुबै मृगौला फेल भएकी पूर्व लडाकु मुनाको अपिल , कृपया मलाई बचाउनुहोस् !

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

झापा , २९ चैत ।
हतियार भिरेर जनताको मुक्तिका लागि दुस्मनसँग लड्न सहज थियो , जोश र जागर थियो तर यो रोग सँग लड्न कठिन रहेछ हजुर । के गर्नु यो सँग लड्न त पैसा चाहिने रहेछ त्यो पनि दुई चार हजार हैन लाखौ । सायद म यत्तिकै ………….बोल्दा बोलदै उनका गला अबरुद्ध भए ।
भापाको चकचकि गाविस वडा नम्बर ६ स्थित आफ्नै निवासमा भेटिएकी मृगौला पिडित नेत्रमाया कार्की (मुना) का अभिब्यक्ति हुन् यी । उनी पूर्व जनमुक्ति सेना पनि हुन् ।
बि.स. २०६१ सालबाट पूर्णकालिन भएर तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा होमिएकी थिईन उनी । गाँउमै बसेर पार्टीको काममा सक्रिय उनी ६१ सालबाट भने जनसेनाको रुपमा हतियार नै उठाएर हिडिन् ।
२०६२ सालमा मुना छैठौ डिभिजन अन्तरगत बी कम्पनिमा रहेर काम गरेकी उनले २०६३ सालमा प्रथम डिभिजन जत्र ब्रिगेडमा सेक्सन खअ भएर काम गरिन् ।
पार्टी शान्ति प्रक्रियामा आएसँगै उनले आफ्नो हातमा बोकेको हतियार त बिसाई र दैनिकी क्यान्टोनमेनमा बिताउन थालिन् । अफोसोच उनले आफ्नै शरिरमा अर्को गर्हौ भारी बोकीन रोगको ।
उनलाई स्वास्थ्य समस्याले च्याप्न थाल्यो । सुरुमा त सामान्य औसधि खाईन ,रोग पनि खासै केहि देखिएन । तर पनि अचानक उनलाई मृगौलामा समस्या देखियो । त्यो पनि सामान्य होईन । चेकप गरेपछि डाक्टरले रिपोर्ट देखाउदै भने तापाईका दुबै मृगौला फेल भएका छन् ।
मुना भन्छिन् , मेरो स्वास्थ्यमा समस्या थियो , मैले जनसेनालाई समायोजनमा गर्ने बेला स्वेच्छिक अवकास लिए । अब आज अर्को युद्ध गरिरहेकी छु आफ्नै शरीरका महत्वपूर्ण अंक काम नलाग्ने भएका छन् । उनीहरुहरुसँग जुधिरहेकी छु ।

जब डाक्टरले मेरा दुबै मृगौला फेल भएको छ भनेर सुनाए । सुरुमा त पत्याउन नै कठिन भयो मुनाले मसिनो स्वरमा भनिन् त्यस्तो अन्तिम स्टेजमा (पुरै ड्यामेज) नै हुने अबस्थासम्म पुगिसकेछ तर मलाई अगाडि कुनै ठुलो लक्षण नै देखिएन ।
मध्यम खालको परिवार खान लगाउन त खासै दुख थिएन उनलाई तर उपचार गराउन नै कठिन छ । दुबै मृगौलाले काम नगर्ने भएपछि हाल डाईलसिस गराएर बसेकी छिन् । उनलाई डाक्टरले मृगौला परिवर्तन गर्न सललाह दिए , उनकी आमाले छोरीको जीवन बचाउन आफ्नो एउटा मृगौला दिने निर्णय पनि गरिन् ।
तर डाईलसिस गराएर दैनिकि बिताउदै आएकी मुनालाई भएको पैसा डाईलसिसमा सकिएकाले गृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव खड्कीयो ।


उनी हाल झापाको भ्रदपुरमा रहेको ओम साई अस्पताल पाथिभरा उपचार गराईरहेकी छिन् ।उनलाई मृगौला प्रत्यारोपणका लागी करिब २० लाख लाग्ने जनाएका छन् । उनी भन्छिन् यत्रो पैसा कहाँबाट ल्याउने उनले भनिन् यहाँ प्रत्यारोपण नगरे बिदेश जाउ पनि भन्छन् । छ महिनादेखि निरन्तर डाईलसिल गरिरहेकी छिन् ।
डाईलसिस नगराई नहुने भएकाले भएको पैसा नि सकियो अहिलेसम्म कसैबाट सहयोग पाएको छैन । उनले भनिन् ,अरुको सहयोग पाए भने मेरो पनि जीवन बाच्ने थियो ।
उनले सबैलाई आग्रह गर्दै भनिन् , क्रिपया तपाईहरुको सानो सहयोगले मेरो जीवन बाच्न सक्छ , मलाई सहयोग गर्नुहोस् ।
मुनालाई सहयोग गर्न चाहनेले उनकै नाममा रहेको नेपाल बैंक भाmापा शाखाको खाता नम्बर ०८८०१००६३६६६०७०००००१ मा सहयोग गर्न सक्ुहुनेछ । यस्तै मोवाईल ९८२३११९००४ ,९८१४९३८६०० मा पनि सक्नुहुन्छ ।
उनलाई सरकारले त डाईलसिस निशुल्क बनाएको छ नि भन्ने जिज्ञासामा भनिन् , बनाएर के गर्न कोटा नै हुन्न रे । भत्तपुरमा रहेको मान अंग प्रत्यारोपण केन्द्रमा गएको थिए । पहिलेदेखि गराएकालाई नगरि तपाईलाई गराउने कुरा भएन , मेसिनहरु पनि कम छन् , निशुल्क त सम्भब हुन्न अहिलेनै भने त्यसैले झापामा नै उपचार गराईरही छु ।
यहाँ बस्न खान अनी उपचार गराउन , फेरी कहिले निशुल्क पाउने हो त्यो पनि टुंंगो भएन त्यसैले म पुन झापा फर्किएकी हु । उनले भनिन् अब सहयोग जुट्यो भने डाईलसिस् हैन मृगौला प्रत्यारोपण नै गर्छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ