नेपाली सिमेन्टको मूल्यवृद्धि पुनर्विचार गर्न सङ्घ सहमत

नेपाली सिमेन्टको मूल्यवृद्धि पुनर्विचार गर्न सङ्घ सहमत

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौँ, २८ चैत । नेपाली सिमेन्टमा हालै भएको मूल्यवृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक सङ्घ सहमत भएको छ ।

उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादक सङ्घका प्रतिनिधिसँगको छलफलमा मन्त्री नवीन्द्रराज जोशीले पुनःनिर्माणको प्रथम चरण भर्खरै सुरु भएकाले वर्तमान समयमा न्यूनतम मुनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगीलाई आग्रह गर्नुभएपछि उद्योगीका तर्पmबाट सो प्रतिबद्धता आएको हो ।

छलफलमा नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले नेपाली सिमेन्टको उत्पादन लागत दक्षिण एसियामै महँगो रहेको अवगत गराउँदै सरकारको अनुरोधलाई स्वीकारेर हाललाई मूल्यवृद्धिमा पुनर्विचार गर्न सङ्घले आफ्ना सदस्य सिमेन्ट उत्पादकलाई आजै पत्राचार गर्ने बताउनुभयो ।

अध्यक्ष थापाले सरकारको आग्रहलाई सकारात्मक रुपमा लिएको बताउँदै सबै व्यवसायीलाई आग्रह गर्ने जानकारी गराउनुभयो । व्यवसायीहरुले मूल्यवृद्धिमा पुनर्विचार गरी सक्दो सहयोग गर्ने वचन दिनुभएको थियो ।

नेपाली सिमेन्ट उद्योगको उत्पादन लागतलाई कम गरी प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सिमेन्ट उपलब्ध गराउने सम्बन्धमा अध्ययन गर्न मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालको संयोजकत्वमा अर्थ मन्त्रालय, सिमेन्ट उत्पादक सङ्घका प्रतिनिधि र विज्ञ सदस्यसमेत रहेको एक अध्ययन समितिसमेत गठन गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कोइला र क्लिङ्करको मूल्यवृद्धि भएको भन्दै केही नेपाली सिमेन्ट उत्पादकले आफ्नो उत्पादनमा प्रतिबोरा २० देखि ३० रुपैयाँसम्म मूल्यवृद्धि गरेको समाचार सार्वजनिक भएपछि मन्त्री जोशीले मूल्यवृद्धिको निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नुभएको थियो ।

छलफलमा मन्त्री जोशीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उद्योग मन्त्रालयले सुरु गरेको बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण कार्यक्रममा मुनाफाको केही रकम सहयोग गर्न सिमेन्ट उद्योगीलाई आग्रह गर्नुभयो ।

नेपाली सिमेन्ट उद्योगलाई प्रतिस्पर्धी बनाई निर्यातमुखी बनाउन उद्योग मन्त्रालयका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू तत्पर रहेको मन्त्री जोशीको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी