दक्षिण कोरियाका पूर्वराष्ट्रपति हेई प्रहरी हिरासतमा

दक्षिण कोरियाका पूर्वराष्ट्रपति हेई प्रहरी हिरासतमा

  • शुक्रबार, चैत्र १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी, चैत्र १८ ।
दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गुयन–हेईलाई भ्रष्टाचारको आरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

पूर्वराष्ट्रपति हेईले आफू पदमा रहँदा आफ्ना निकट साथी चाई सुन सीलसँग मिलेर विभिन्न कम्पनीहरूबाट मोटो रकम लिएको ठहर गर्दै छानबिन गर्न अदालतले पक्राउ गर्न आदेश दिएको कोरियाली समाचार एजेन्सीले जनाएको छ ।

६५ वर्षीय हेईलाई पक्राउ गरेपछि राजधानी सिओलको दक्षिणी भागमा रहेको कारागारमा सुरक्षित राखिएको छ । उनीभन्दा अघि दुई जना दक्षिण कोरियामा पूर्वराष्ट्रपति भ्रष्टाचारको अभियोगमा पक्राउ परिसकेका छन् ।

उनलाई आफ्ना निकट साथी चाई सुन सीलसँग भ्रष्टाचार अभियोगमा मुछिएपछि हेईविरुद्ध  संसद्ले महाअभियोग लगाएर राष्ट्रपति पदबाट बर्खास्तसमेत गरेका छन् ।

उनले पदमा रहँदा संवेदनशील थुप्रै कागजपत्र चुहाएर कानून उल्लंघन गरेको पनि अदालतले दाबी गरेको छ ।हेई र चाईले भने कोरियाली संसद्ले लगाइएको आरोपको उनीहरूले खण्डन गर्दै आइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी