एक अवतारी धर्मगुरुले बिहे गर्न त्यागे भिक्षु जीवन

एक अवतारी धर्मगुरुले बिहे गर्न त्यागे भिक्षु जीवन

  • बिहिबार, चैत्र १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी, चैत्र १७ ।
नेपाली समाजमा भिक्षु जीवन निर्वाह गर्न भनेर आफ्नो घर परिवार छाडेर गएको घटना सामान्य भइसकेको छ । तर एक अवतारी धर्मगुरुले विवाह गर्नकै लागि भनी भिक्षु जीवन त्याग गरेका छन् ।

सानैदेखि आफूलाई कर्मा काग्यु सम्प्रदायको कर्मापा लामाको अवतारी दाबी गर्दै आएका थाए दोर्जेले ३३ वर्षको उमेरमा भिक्षु जीवन त्याग गरेर विवाह गरेको घोषणा गरेका छन् ।

बुधबार १७ औँ ग्याल्वा कर्मापा थाए दोर्जेको कार्यालयले वेबसाइटमार्फत निजी समारोहबीच उनको विवाह सम्पन्न गरेको घोषणा गरेको हो । उनले भुटानमा जन्मेर भारत र युरोपमा बस्दै आएकी ३६ वर्षीया रिञ्छेन याञ्जोनसँग गत मार्च २५ का दिन विवाह गरेको जनाइएको छ ।

‘विवाह गर्ने मेरो निर्णयले ममाथी मात्रै होइन पूरै वंशका लागि नै सकारात्मक प्रभाव पार्नेछ,’ दोर्जेले भनेका छन्, ‘यसबाट हामी सबैका लागि केही सुन्दर, केही लाभदायी कुरा प्रकट हुनेछ ।’

थाए दोर्जे तिब्बतमा जन्मिएका हुन् । उनले डेढ वर्षको उमेरदेखि नै आफू कर्मापा लामा भएको बताउँदै आएको जनाइएको छ । सन् १९९४ मा उनी परिवारसहित नेपाल हुँदै भारत पुगेका थिए ।

यद्यपि, आफूलाई कर्मा काग्युको शीर्ष अवतारी लामा दाबी गर्ने उनी एक्ला व्यक्ति भने होइनन् । उर्गेन ट्रिन्ले नामक अर्का लामाले पनि आफू अवतारी लामा भएको बताउँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी