सुसान आचार्य ,युएइ ।
नया शक्ति नेपाल मलेसियाका सस्थापक सदस्य एबम मध्य पुर्ब सल्लाहकार तथा प्रादेशिक केन्द्रिय सदस्य राजु प्रसाद ढुंगाना (प्रनिल )सहित २६ जना सदस्यीय हरुले आज एक बिज्ञप्ति निकाल्दै सामुहिक रूपमा राजीनामा दिएका छन ।
पार्टी भित्र अपेक्षा गरेभन्दा फरक कार्यनीति पायको तथा बैकल्पिक राजनितिको परिकल्पना गरेपनि सो अनुसार पार्टी अगाडि बढन नसके पछी आफूहरु लाई त्यहा रहि रहन औचित्य नभएको हुदा राजिनामा दिनु परेको जानकारी एक सदस्यले दियका छन ।
देशलाई सङ्गियतामा लगेर उपलब्धि सस्थागत गर्नुको सट्टा कथित मधेसी मोर्चा सङ्ग साठगाठ गर्न पुग्नुका साथै नाराहरु गुलिया भयपनी राजनीतिक र साङ्गठानिक रुपमा नयाँ शक्तिमा पुरै व्यथितीले जरा गाडेको पाइयो बैकल्पिक शक्ति विषयकमा हामले जुन अपेक्षा सहित एउटा बैकल्पिक राजनीतिक शक्तिको परिकल्पना गर्दै जसरी नयाँ शक्ति निर्माण अभियान हुँदै पार्टी घोषणा हुँदा र याहा सम्म आउदा नयाँ शक्ति पार्टीको गलत चरित्र एवं प्रवृत्ति नराम्रै सङ्ग बिकास हुँदै गयो त्यसैले हामिले सो पार्टी छोडेका हौ ,विज्ञप्तीमा उल्लेख छ ।
राजनीतिक क्रान्ति सकिएको र अब नितान्त आर्थिक क्रान्ती भनेको नयाँ शक्तिले नै संविधानकै अपब्याख्या गरेर पुरानै राजनीतिक ढाचा अङ्गाल्यो! संविधान निर्माण पश्चात् निर्वाचन गर्दै देशलाइ निकास दिनुको सट्टा पार्टीले अङ्गालेको सहभागितामुलक लोकतन्त्रको सिद्धान्त , सदाचार, सुसासन पार्टी भित्रै नभयको पाइयो! अन्तत: नितान्त डा.बाबुरामको निजि कम्पनी जस्तो झल्किदै गएको अब कसैले नकार्न सक्दैन! नयाँ शक्ति पार्टी एक प्रकारको राजनीतिक डिप्रेसनको उपज झै भयो तसर्थ हामीले सोच बिचार गरेर नया शक्ति नेपालको साधारण सदस्य समेत नरहने गरि राजीनामा दियका छौ बिज्ञप्तिमा लेखिएको छ ।
राजिनामा दिने हरुमा :-
प्रादेशिक सदस्य एवं सस्थापकहरु:-
१.राजु ढुङ्गाना (प्रनिल)- प्रादेशिक केन्द्रिय सदस्य मध्य पुर्व- पुर्व सल्लाहकार तथा नयाँ शक्ति मलेसिया सस्थापक २. sk भट्टराई- नयाँ शक्ति मलेसिया सस्थापक
सल्लाहकार एवं बरिस्ठ सचिवालय सदस्यहरु
३.दिपक सुनाखरि मगर
४.टङ्गक आङदेवे लिम्बु
५.दुर्गा थापा
६. करन तामाङ- केन्द्रिय सदस्य-मलेसिया
७.मनोज के.सि.- केन्द्रिय सदस्य -मलेसिया
८.कमल बस्नेत-केन्द्रिय सदस्य-मलेसिया
९.मनोज के.सि.-केन्द्रिय सदस्य मलेसिया
१०.मनोज गिरि-केन्द्रिय सदस्य-मलेसिया
११. शेखर खड्का-केन्द्रिय सदस्य एव छेत्रीय संयोजक
क्षेत्रिय सदस्यहरु:-
१२.डि.बि. गुरुङ
१३.सर्वजित गेलाङ
१४.राम बा.तामाङ
१५.रमेश बा. लिम्बू
१६.जर्मन तामाङ
१७.झरिलाल माझी
१८.तिलक प्र. खाडी
१९.तिलक आले मगर
२०.बुद्धिराम चौधरी
२१.पिमलाल ओलि
२२.कृष्ण प्रसाद पासी
२३.तेज बा. खड्का
२४.पृती तामाङ
२५.डिल्ली दाहाल
२६.खेम बा. लिम्बु