यसरी धरतीलाई नै भास्ने गरी होटेल बनाउने जगदम्बा हस्पिटालीटीको दादागिरी , सरकार बन्यो मुकदर्शक

यसरी धरतीलाई नै भास्ने गरी होटेल बनाउने जगदम्बा हस्पिटालीटीको दादागिरी , सरकार बन्यो मुकदर्शक

  • बिहिबार, चैत्र ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

चैत्र ३ काठमाण्डौं । जगदम्बा हस्पिटालीटीले शहरको मुख्य भाग नक्सालमा सडक नै भास्सिने गरी होटलको जग खनिरहेको छ । उसले गहिरो खाडल खनेका कारण त्यस आसपासका घरहरुको समेत जग हल्लिएको चिन्ता सर्वसाधारणले गरेका छन् ।  लामो समय सम्म बाटो नै अवरुद्ध भयो सडक भासिएका कारण ।
त्यति साघुरो ठाँउमा कसरी स्टार होटलको अनुमति पायो जगदम्बाले ? सडकबाट ६ मिटर छाड्नु पर्नेमा कसरी सडकमै जोडियो होटल ? त्यसको भवनको नक्सा काठमाण्डौं महानगरपालिकाले कसरी स्वीकृत गर्यो यो निकै गंभीर प्रश्न छ ।
जनताको चौतर्फी विरोध पछि अहिले संसदीय समिति र अख्तियारले छानविन समिति बनाएर काम शुरु गरेको छ ।
त्यसै गरी सडक विभाग र काठमाण्डौं महानगरपालिकाले पनि छानविन समिति बनाएको छ ।
उच्च स्रोतका अनुसार कमिसनको प्रलोभनमा पारी जगदम्बाले जेष्ठ १७ गते महानगरबाट नक्सा पास गराएको थियो । जेष्ठ मसान्त सम्म सडक पेटी निर्माण गरी सक्ने निर्देशन भए पनि साउन सम्मको म्याद जगदम्बाले मागेको छ ।


सरकारी मान्छेहरु कमिसनमा परे कि के हो थाहा छैन , तर हाम्रो थातथलो नै समस्यामा पर्ने भो स्थानीयवासीहरुले बताए । अहिले उनीहरुको घर नै समस्यामा पर्दै गए पछि चिन्तित् बनेका छन् ।
यसरी एउटा व्यक्ति वा व्यापारीक समुहले सार्वजनिक बाटो नै खनेर बर्बाद बनाउन पनि सरकार किन मुक दर्शक , प्रभावकारी सरकार छ कि छैन ? नक्सालमा पसल गरेर वसेका एक साना व्यापारीले  भने ।


बाटो हिड्ने ले या पत्रकारले तस्वीर खिच्न थाले पछि सुरक्षा गार्ड मार्फत थर्काउने गरेको जगदम्बाले अहिले भने हेर्न समेत नमिल्ने गरी कपडाको जाली टागेंको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ