सुसान आचार्य /
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका स्थित दक्षिण क्षेत्रको आनन्द बजारमा रहेका नेपाली समुदायमाथि भारतीय सिमा सुरक्षाबल एसएसबीले गोली चलाइ हत्या गरेको बिसयमा सन्सार भर रहेका नेपाली हरुले भारतिय ज्यादती विरुद्ध बिरोध गरेका छन।
बिहिबार बिहान कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बलका प्रहरीले अन्धाधुन्द गोली चलाउँदा गोबिन्द गौतमको मृत्यु भएको हो । गोली लागेर आधा दर्जन नेपाली घाइते भएका छन् ।
उक्त घटनामा चौतर्फी बिरोध भयका बेला ने क पा माओवादी केन्द्र निकट बिदेश बिभाग सङ्ठन नेपाली जन प्रगतिशील मंच युएइ ले समेत एक बिज्ञप्ति निकाल्दै घटनाको तत्काल छानबिन गरि दोसि माथी कडा कारबाही , घाइते सबैको निसुल्क उपचार साथै कंचनपुर घटनामा मृत्यु भयका गोबिन्द केसिलाइ सहिद घोषणा गर्न समेत माग गरेको छ ।
मंचका अध्यक्ष हेमन्त पौडेल द्वारा हस्ताक्षर गरियको बिज्ञप्तिमा भारतले खुल्ला सिमानाको फाइदा उठाउदै पटक पटक नेपाली भुमी र नागरिक माथी हस्तक्षेप गर्दै आयको भन्दै तत्काल सिमा र नेपाली नागरिकको सुरक्षा गर्न आबस्यक सेना खटाइ कुटनैतिक रूपमा समस्या समाधान गर्न समेत माग गरेको छ भने सिमानामा तत्काल ब्यबस्थित तारबार लगाउन समेत सरकार लाई ध्यानाकर्षण गरायको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
