सप्तरी गोलीकाण्डको भित्री उदेश्य चुनाव रोक्ने ?

सप्तरी गोलीकाण्डको भित्री उदेश्य चुनाव रोक्ने ?

  • मङ्लबार, फाल्गुन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाण्डौं फागुण २४ । एमालेले थालेको मेची महाकाली अभियान अन्तर्गत सप्तरीमा ३ जनाको ज्यान जाने गरी भएको गोली काण्ड किन भयो ? को हो यसको सुत्रधार ? कसको डिजाईन हो यो ? यो प्रश्न अहिले चर्चाको विषय छ । यसमा विभिन्न आकंलन र टिप्पणीहरु आईरहेका छन् ।
प्रहरीको मुख्य आदेश कर्ता प्रहरी महानिरीक्षक हुन् र उनका पनि आदेशक गृहमन्त्री । प्रधानमन्त्री प्रचण्डले आफूले गोली नचलाउनु भन्दा भन्दै गृहमन्त्री विमलेन्द्र निधिले गोली चलाउने आदेश दिएको खुलासा भएको छ । यसले घटना थप रहस्यमय बनेको छ ।
एमालेको विरुद्ध सप्तरीको कोशी व्यारेज देखि नै लाठी र ढुंगा बर्षाउन शुरु गरेका थिए मधेशी मोर्चाका कार्यकर्ताले । यो हुदै अन्तत राजविराजमा त्यो दुखदः घटना हुन पुग्यो जहाँ चार जनाले ज्यान गुमाए ।
 आन्दोलनकारी अराजक , प्रहरी असंयमित
एमालेलाई प्रवेश निषेधका नाममा मधेशी मोर्चाले बन्द आव्हान गर्नु र प्रदर्शन गर्नु अराजकता थियो । उनीहरुले आक्रमण नै गर्नु अझ दुखद हो । यो आफैमा लोकतान्त्रिक मुल्य मान्यताको विरुद्ध पनि थियो । तर अर्कोतिर प्रदर्शनकारीलाई रोक्न प्रहरीले असंयमित तरीकाले गोली नै चलाउनु अर्को दुखद पक्ष हो । अश्रु ग्यास प्रहार नियन्त्रणमा लिने कार्य ठिकै भए पनि ज्यानै जाने गरी टाउकोमै गोली हान्नु असंयमताको उदाहरण हो । तर किन यसरी गोली चल्यो त्यो रहस्यमय छ ।
निर्वाचन स्थगन गर्ने षड्यन्त्र ?
गोली काण्ड भएकै भोली पल्ट संघीय गठबन्धनले बैशाख ३१ गतेको निर्वाचन स्थगन गर्न माग गरेको छ । यो घटनामा दोषी मध्यको एक मोर्चाले निर्वाचन स्थगनको माग तत्कालै गर्नु र सरकारको तयारी सुस्त देखिनु संयोग मात्रै हो कि योजनामा ? यो पनि अर्को रहस्यको विषय छ । एक मोर्चाका नेताले नाम उल्लेख नगर्ने शर्तमा सत्तारुढ दलकै कतिपय नेताले निर्वाचन धकेल्न आन्दोलन चर्काउन आग्रह गर्ने गरेका थिए भनेका छन् । उनले प्रधानमन्त्री समेत निर्वाचन सार्ने पक्षमा भित्री रुपमा रहेको दावी गरेका छन् । यसले यो घटना आसन्न स्थानीय निकायको निर्वाचन रोक्ने बहाना हुने त हैन भन्ने आशंका बढेको छ ।
एमाले नेताको सामुहिक हत्या गर्ने योजना ?
मंगलबार एमाले नेताहरुले नेताहरुको सामुहिक हत्या गर्ने षड्यन्त्र भएको दावी गरेका छन् । सप्तरीमा मेची महाकाली अभियानको टिमलाई पछि पछि लखेट्दै हिडनु र बाटोमा सकेट बम समेत भेटिनुले एमाले नेताहरुको आशकालाई होईन भनेर तर्क गर्ने ठाँउ छैन । तर यसको सप्रमाण एमालेले पेश गर्न सकेको भने छैन ।
तर यो घटना एमालेलाई तह लगाउने योजनामा भएको पनि आशंका केही नेताले गरेका छन् ।

जे भए पनि सप्तरी घटना सामान्य प्रहरी अधिकारीको र कार्यकर्ताको आक्रोसमा भन्दा पनि ठूलै रहस्यको आधारमा भएको धेरैले अनुमान गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ