एजेन्सी ।
चलचित्र मुनलाइटले विश्वप्रसिद्ध ओस्करको ८९ औँ संस्करणको उत्कृष्ट चलचित्र अर्वाड जितेको छ ।
सवार्धिक १४ विधामा मनोनयनमा परेको लाला ल्यान्डलाई पछि पार्दै मुनलाइटले सर्वोत्कृष्ट चलचित्रको उपाधि जितेको हो ।लाला ल्याण्डले भने ६ वटा विद्यामा अवार्ड हात पार्न सफल भयो ।
ओस्कर अन्तर्गत उत्कृष्ट अभिनेत्रीको अवार्ड लाला ल्याण्डकी एमा स्टोन र उत्कृष्ट अभिनेतामा चलचित्र म्यानचेष्टर बाइ द सी चलचित्रबाट केसे एफलेकले प्राप्त गरेका छन् ।यस्तै उत्कृष्ट निर्देशक लाला ल्याण्डका डिमियन शेजलले प्राप्त गरेका छन् ।
यस्तै चलचित्र मुनलाईटका महेरशेला अलिले सहायक अभिनेता तर्फको उत्कृष्ट अर्वाड जितेका छन् फेन्सिसकी भोएला डेबिस उत्कृष्ट सहायक अभिनेत्री ठहरिएकी छिन् ।
यस्तै एनिमेटेड फिचर फिल्मको अवार्ड भने जुटोपियाले जितेको छ । विदेशी भाषाको तर्फको चलचित्र विधामा इरानको द सेल्समेन उत्कृष्ट बनेको छ ।
चलचित्रको जगतको सबैभन्दा ठूलो र सम्मानित अवार्ड ओस्कारको यो संस्करणमा २४ विधामा अवार्ड वितरण गरिएको थियो ।
अमेरिकामा लस एन्जल्सस्थित हलिउड डोल्बी थिएटरमा आयोजित अवार्ड वितरण कार्यक्रममा हलिउडकर्मीका साथै विश्वभरका कलाकर्मीको उपस्थिति रहेको छ ।
कसले कुन अवार्ड जिते ?
सर्वोत्कृष्ट चलचित्रः मुनलाइट
निर्देशकः डेमियन च्याजल (ला ला ल्याण्ड)
अभिनेत्रीः एम्मा स्टोन (ला ला ल्याण्ड)
अभिनेताः केसी अफ्लेक (म्यानचेस्टर बाई दि सि)
सहअभिनेत्रीः विओला डेविस (फिन्सिस)
सहअभिनेताः माहेर्शाल अली (मुनलाइट)ओरिजिनल
स्क्रिन प्लेः केनेथ लनर्गन (म्यानचेस्टर बाई दि सि)एडप्टेड
स्क्रिन प्लेः मुनलाइट
वेष्ट कस्ट्युम डिजाइनः कालिन एटवुड (फ्यान्टास्टिक बिट्स एण्ड ह्वेर टु फाइण्ड देम)
वेष्ट मेक–अप एण्ड हेयरस्टाइलिङः सुसाइड इस्क्वेडवेष्ट
डकुमेन्ट्री फिचरः ओजीः मेड इन अमेरिका
वेष्ट साउण्ड एडिटिङः सिल्वेन बेलेमार (अराइभल)
वेष्ट साउण्ड मिक्सिङः हाक्स रिज
वेष्ट फरेन ल्याङग्वेज फिल्मः द सेल्स म्यान (इरान)
वेष्ट एनिमेटेड सटः पाइपर
वेष्ट एनिमेटेड फिचरः जुटोपिया
वेष्ट प्रोडक्सन डिजाइनः ला ला ल्याण्ड
वेष्ट भिजुअल इफेक्ट्सः द जंगल बुक
वेष्ट फिल्म एडिटिङः जोन गिल्बर्ट (हाक्स रिज)
वेष्ट डकुमेन्ट्री सर्टः द ह्वाइट हेलमेट्स
वेष्ट लाइभ एक्सन सर्टः सिङ
वेष्ट सिनेम्याटोग्राफीः लिनुस सान्ड्ग्रेन (ला ला ल्याण्ड)
वेष्ट ओरिजिनल स्कोरः जस्टिन हुर्विट्ज (ला ला ल्याण्ड)
वेष्ट ओरिजिनल सङः सिटी अफ स्टारस् (ला ला ल्याण्ड)



