फुर्वा शेर्पा , १२ फागुन,टोकियो । जापानमा हराएका भनिएका एक नेपाली युवालाई लागु औषध कारोवारमा संलग्न रहेपछि जापान प्रहरीले पक्राउ गरेको खुलासा भएको छ ।
विद्यार्थी भिषामा रहेका तापोन तामाङ नाम गरेका युवा र अर्का एक देवी गुरूङ दोङ नाम गरेकी युवती २१ किलो बढी लागु औषध सहित पक्राउ परेका छन् ।
लागुऔषध कारोवारमा संलग्न रहेको पाइएपछि उनिहरुलाई प्रमाण सहित पक्राउ परेको जापानी सञ्चार माध्यमहरुले प्रशारण गरेका छन् ।
पक्राउ परेकाको साथबाट करिव १५ करोड जापानी येन बराबरको लागु औषध समेत बरामद गरिएको छ ।
एएनएन च्यानलका अनुसार लागुऔषध ओसारपसार गर्ने जापानमा सेनमन भोकेसनल कलेज अध्ययनरत तामाङ र रेष्टुरेन्टमा पार्टटाईम काम गर्दै आएकी दोङलाई जापान प्रहरीले दुई महिना अघि पक्राउ गरेको थियो ।
दुई महिना लामो अनुसन्धानपछि उनिहरु लागु औषध कारोवारमा संलग्न रहेको प्रमाण सहित प्रहरीले सार्वजनिक गरेको हो ।
जापान प्रहरीका अनुसार उनिहरुले भारतबाट बिमानमा जापानको नारिता एयरपोर्ट हुँदै विभिन्न बाजागाजाका सामानको भित्रि भागमा ति आगु औषध लुकाएर ल्याउने गरेका थिए ।
पक्राउ परेकाले ल्याएको बाध्यबाधक सामाग्रिमा पोको पारि लुकाएर राखिएको चरेस सहितका लागु औषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
लागु औषध सहितको सामान आएको पत्ता लागेपछि प्रहरीले ति सामान दुई नेपाली वस्ने घरमा कुरियर मार्फत पुगेपछि कारोबारमा संलग्न रहेको पुष्टि सहित उनिहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार करिव साँढे तीन किलो चरेस कुरीयर गरि पठाइएको सामानको पिछा गरेको प्रहरीले उनिहरुको कोठा छापा मार्दा थप १८ किलो ६ सय ग्राम चरेस भेटेपछि उनिहरुको कतुर्त खुलेको हो । पक्राउ परेकाहरुले गाँजा तथा भाँङ लगायत आगु औषध समेत ओसार पसार गर्ने समाचारमा उल्लेख छ ।
गत डिसेम्बर महिनामै पक्राउ गरिएपनि प्रमाण र थप अनुसन्धान पछि प्रहरीले दुई नेपालीलाई सार्वजनिक गरेको हो ।
समाचारमा पक्राउ परेका पुरुषको संलग्नता सामान मगाउने र विक्रिमा समेत देखिएको भन्दै युवती सघाउने व्यक्तिको रुपमा पाइएको बताइएको छ ।
पक्राउ परेकाहरुले लागु औषध टोकियो र आसपासका क्षेत्रमा विक्रि गर्दै आएका थिए ।
पक्राउ परेकालाई सार्वजनिक गरेपनि उनिहरुमाथि कस्तो खालको सजाय हुने भन्ने खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ । अनुसन्धान सकिएपछि उनिहरुमाथि कुन खालको कारवाही हुने तय हुनेछ ।
दुई नेपाली आगु औषध कारोवारमा संलग्न रहेको पाइएपछि जापानमा रहेका नेपालीहरु थप चिन्तित बनेका छन् ।